News Portal

भिजिट भिसामा दुबई पुगेकी युवती कुवेतमा बिक्री

हिमालीसंचार संवाददाता
३७६ पटक

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी युवती कुवेतमा बेचिएकी छिन्। मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेका हुन्।

कुवेतमा पुर्‍याई श्रम शोषण गरेको र यौन शोषणमा परेको सूचनापछि कुवेतस्थित नेपाली दूतावासले उनलाई उद्धार गरी नेपाल पठाएको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको उद्धारको प्रयास भइरहेको छ।

गत मंसिर २६ गते भिजिट भिसाबाट दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पुर्‍याई जनही कम्तीमा ५ लाखमा बिक्री गरिएको खुलेको छ।

मानव बेचबिखनमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका-२ का लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ का डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको छ।

उद्धार गरी नेपाल ल्याइएकी युवतीका अनुसार पोर्चुगल र अमेरिकालगायतका मुलुकमा पठाउने भन्दै कुवेतमा पुर्‍याएपछि एक हजार ३०० कुवेती दिनारमा बिक्री गरिएको थियो।

बेचबिखनमा परेपछि आफूहरूलाई चर्को श्रममा लगाएको र निरन्तर यौनशोषण गरेको पीडित युवतीले बताइन्। पाँच जनाले गर्नुपर्ने काम एक्लै गर्न बाध्य पारिएको तथा नसके कुटपिट हुने गरेको उनले बताइन्। यो समाचार आजको गोरखापत्रदैनिकमा प्रकाशित छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...