News Portal

दुई महिना बित्न नपाउदै पुनः भत्कियाे नाला

हिमाली संचार संवाददाता
७०९ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ अस्पताल चाैक नजिकै बनाउदै गरेको नाला दुई महिना बित्न नपाउदै अाईतबार बिहान अाएकाे अबिरल बर्षाका कारण पुनः भत्किएको छ । भदौ २६ गते भत्किएकाे नाला निर्माण कम्पनी लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन प्रालिले निर्माण गरेको थियोे।

अाईतबार बिहान अाएकाे अबिरल बर्षाकाे कारण साेहि देखि उत्तरमा पुनः नाला भत्किएको छ। बालुवामा सिमेन्टको मात्रा कम भएको कारणले गर्दा नाला भित्किएकाे स्थानीय बताउँछन् ।

बारम्बार नाला भत्किदा अवका दिनहरुमा कसरी काम राम्रो हाेला भन्ने चासोको बिषय बनेको छ । रंगेलीकाे मुख्य बजारमा नाला बनाउने काम द्रुतगतिमा निर्माण सम्पन भए पछि अहिले नाला माथि स्यालाप हाल्ने काम समेत भईरहेकाे छ ।

मुख्य बजारका सय बर्ष पुराना घरहरु  भत्केे पछि रंगेलीकाे नयाँ मुहार फेरिनेे अासामा रहेका स्थानीयबासि खुशीले दङ्ग भएका थिए । तर कमसल काम देखेर उनिहरु निरास भएका छन । उक्त सडक बनाउनका लागि निर्माण कम्पनी लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन प्रालिले उक्त सडक कालाेपत्रे गर्ने जिम्मा पाएकाे छ ।

रंगेली देखि कानेपाेखरी सम्म २४.४ किलोमिटर रहेको र त्यसकाे कुल लागत ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयाँ रहेको छ । उक्त सडक २०७४ असार ६ गते जिम्मेवारी पाएकाे र २०७६ असार ५ गते काम सम्पान्न गरिने सम्झौता समेत भएको छ ।

अहिले रंगेलीकाे मुख्य बजार फराकिलो र चाैडाई देखेपछि बजार अाउने सर्वसाधारणहरु बजारकाे मुहारै फेरिकाे बताउँछन् । अहिले बजारमा रहेका    पुराना बिजुलीको पाेलहरु समेत हटाई सकेकाे र अावतजावतमा समेत सहज भएको स्थानीय बताउँछन् ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...