News Portal

इजलास नतोक्दै स्थगित रेशम चौधरीको मुद्दा

हिमालीसंचार संवाददाता
२५२ पटक

काठमाडौं। कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीले जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा दिएको निवेदनको पेसी स्थगित भएको छ।

जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध चौधरीले दायर गरेको पुनरावलोकन निवेदनमा सुनुवाइ गर्न मंगलबारलाई पेसी तोकिएको थियो। तर, सर्वोच्च अदालत प्रशासनले इजलास नै नतोकिइ चौधरीको मुद्दाको पेसी स्थगित भएको जनाएको छ।

चौधरीले १२ फागुन २०७७ मा दिएको निवेदनमाथि सर्वोच्च अदालतमा हालसम्म पनि सुनुवाइ हुन सकेको छैन। चौधरीको निवेदनमाथि सुनुवाइ गर्न भनेर ८ पटक पेसी तोकिएको छ। तर सुनुवाइ भने १ पटक पनि भएको छैन।

चौधरीको निवेदनमाथि सुनुवाइका लागि यसअघि ३ पटक इजलास समेत तोकिएको थियो। २ पटक हेर्न नभ्याइने र १ पटक हेर्न नमिल्ने हुँदै मुद्दा स्थगित भएको थियो।

अन्तिमपटक २०७९ भदौ २६ गते न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र शुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको थियो। उनीहरुको इजलासमा हेर्न नमिल्ने भएपछि पेसी सरेको थियो।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको कैलालीको टीकापुरमा भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको थियो।

उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले २०७५ फागुन १२ गते फैसला सुनाएको थियो। त्यसको करिब २ वर्षपछि ३ पुस २०७७ मा उच्च अदालत दिपायलले रेशमसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

प्रतिकृया दिनुहोस्

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...