News Portal

सोनाम ल्होछार कार्यक्रमका लागि कलाकार विश्व दोङ जनवरी ३१ मा कुवेत आउने

हिमालीसंचार संवाददाता
३५६ पटक

कुवेत– नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको २८५९ ह्योइ ल्हो सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट अतिथी कलाकार विश्व दोङ आगामी ३१ तारिक मंगलबार कुवेत आइपुग्ने भएको छ।

गायक दोङ २२ तारिक तामाङ समाज युएइले आयोजना गरेको ल्होछार कार्यक्रम सम्पन्न गरि २७ तारिकमा नेपाल तामाङ घेदुङ बहानले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रम सम्पन्न गरि ३ फेब्रुअरीमा नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रममा आमन्त्रित अतिथी कलाकारको रूपमा कुवेत आउन लागेको हो।

उनको आगमनलाई भव्यताका साथ स्वागत गर्नका लागि ३१ तारिक बिहान ठिक ११ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भैदिनुहुन कुवेतमा रहेका विभिन्न संघ संस्था, बुद्धिजीवी, पत्रकार तथा सबै नेपालिहरुलाई आयोजक कमिटिले अनुरोध गरेको छ।

गायन, संगीतकार एरेन्जर समेत गरेर नेपालमा सेलो बेसमा अत्यन्तै ब्यस्त रहेका गायक दोङ यसपालिको ल्होछारमा पनि सधैं जस्तै निक्कै ब्यस्त रहेको छ।
कुवेतमा ल्होछार कार्यक्रम सकेपश्चात भोलिपल्टको कार्यक्रमका लागि सोही दिन उनी नेपाल प्रस्थान गर्नेछन। उनको ४ फेब्रुअरीमा धादिङमा कार्यक्रम रहेको छ।

पछिल्लो समयमा युट्युब, टिकटक लगाएतका सामाजिक सञ्जालमा निक्कै चर्चामा रहेका माया भन्दा ठूलो जात होइन मलाई त त्यस्तो लाग्दैन, मायाले बाँधौँ तिमी र म समाजले केही गर्न सक्दैन।
कहाँ पर्‍यो घर ज्यान मैच्याङ चिनजान गरौंन जस्ता दर्जनौं गीतका गायक दोङको कुवेत भ्रमण यो नै पहिलो हो। यश पहिले सयौं जना नेपाली कलाकारजरुले कुवेतमा प्रस्तुती दिइसकेका छन। मतलव यहाँका दर्शकहरुले लगभग सबै जसो कलाकारहरुको प्रस्तुती चाखी सकेका छन। तर कुवेतका दर्शकहरुले उनलाई चाहिँ कति रुचाउने हो त्यो हेर्न भने बाँकी छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...