News Portal

अख्तियारले वीपी प्रतिष्ठानको पुरानो इआरसिपी मेशिन खरिद प्रक्रिया सम्बन्धि छानवीन अघि बढायो

हिमालीसंचार संवाददाता
३४३ पटक

धरान – धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको पुरानो इआरसिपी मेशिन तथा विधार्थी भर्ना शुल्क सम्बन्धि थप सुरक्षा अध्ययन गर्न अख्तियारको टोलीले छानविन शुरु गरेका छन्।

प्रतिष्ठानले खरिद गरेको इआरसिपी मेशिन एक पटक विग्रेर पुनःमर्मत गरी हाल चालु अबस्थामा रहेको छ। उक्त मेशिनले कलेजो, पित्त थैली, पित्त नली र प्यानक्रियाज जस्ता सम्बेदनशिल अंगहरुको भित्रीभाग हेर्न र उपचार गर्ने र समस्याहरुको निदान उपचारका लागि सहज हुन्छ। उक्त पुरानो इआरसिपी मेशिनको अभिलेख लिएर अख्तियारको टोलीले छानविन अधि बढाएको हो। 

पुर्वाञ्चल इटहरीस्थित अख्तियारको टोली धरान स्थित वीपी प्रतिष्ठान आएर इआरसिपी मेशिनको आवश्यक कागज, मेशिनको निरीक्षण गरेका श्रोतले बतायो। उनीहरु हिजो बुधबार अपह्रन्न २ बजेको समयमा प्रतिष्ठान आएको समेत जानकारी दिए। 

प्रतिष्ठान स्रोतका अनुसार अख्तियारको टोलीले इआरसिपी मेशिनको विवरण, विगत ५ बर्षको आयव्ययको विवरण र विधार्थी भर्ना शुल्कको विवरण अख्तियारको टोलीले लिएर गएको बताए। 

अख्तियार अनुसन्धान अधिकृतका अनुसार वीपी प्रतिष्ठानको इआरसिपी मेशिन सम्बन्धमा उजुरी आएको हुनाले थप सुक्ष अध्ययन गर्नु पर्ने भएकाले वीपी प्रतिष्ठान आएको बताए। यस विषयमा पहिलादेखि छानविन चलिरहेको हुनाले थप अध्ययन तथा अन्य आवश्यक विवरण लिनुपर्ने भएकाले आएको बताए। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...