News Portal

पत्रकार शैलेन्द्र महतोविरुद्ध जथाभावी लेख्ने स्वास्थ्यकर्मीले मागे माफी

हिमालीसंचार संवाददाता
२३८ पटक

जनकपुरधाम। समाचार लेखेको निहुमा पत्रकारका विषयमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने स्वास्थ्यकर्मीले माफी मागेका छन्।

धनुषाको बटेश्वर गाउँपालिकामा कार्यरत सिनियर अहेब महेश कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा अनलाइनखबर डटकमका पत्रकार शैलेन्द्र महतोसँग माफी मागेका हुन्।

स्वास्थ्यकर्मी साहले आफ्नो चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा जथाभावी आरोप लगाएर तस्वीरसहित पोस्ट राखेको भन्दै पत्रकार महतोले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले स्वास्थ्यकर्मी साहलाई बुधबार बोलाएको थियो।

त्यसक्रममा स्वास्थ्यकर्मी साहले आफूले आवेशमा आएर जथाभावी लेख्नु आफ्नो गम्भीर गल्ती भएको स्पवकारेका छन्। उनले आउँदा दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिवद्धता जनाएका छन्।

स्वास्थ्यकर्मी साह ११ महिनादेखि तोकेको ठाउँमा नगई बटेश्वर गाउँपालिका कार्यालयमा हाजिर गरिरहेको समाचार अनलाइनखबरमा प्रकाशित भएको थियो। समाचार प्रकाशन भएपछि स्वास्थ्यकर्मी साहले पत्रकारविरुद्ध फेसबुकमा लेखेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...