News Portal

रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’ कृति लोकार्पण

हिमालीसंचार संवाददाता
३६० पटक

काठमाडौ। कथाकार रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’ राजधानीमा आयोजित एक कार्यक्रमबीच लोकार्पण भएको छ। समीक्षक राजकुमार बानियाँ, प्रा.डा.ज्ञानु अधिकारी, लेखक जिसी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा कृति लोकार्पण गरेका हुन्।

सनेसमा तराई र पहाडी परिवेशमा लेखिएका १२ ओटा कथा रहेका छन्। कृतिमाथि टिप्पणी गर्दै समीक्षक अधिकारीले पहाड र तराईका महिलाका विषय सुन्दर रुपमा कथामा आएको बताइन्।

यस्तै, अर्का समीक्षक बानियाँले कृतिमा उठाएका केही घटना नयाँ रहेको र लेखको प्रयास राम्रो रहेको बताए। आफ्नो भनाइ राख्दै लेखक जिसीले शिक्षण पेसामा हुँदा अनुभूत गरेका विषय र समाजको अध्ययन गरी कथा लेखेको बताइन्।

शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ३७५ रुपैयाँ रहेको छ।

प्रतिकृया दिनुहोस्

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...