News Portal

धरानको देउरालीमा अतिक्रमण गरी निर्माण गरिएको पक्की घर नगरले भत्कायो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३८० पटक

धरान। धरान उपमहानगरपालिकाको धरान- ५ स्थित देउरालीमा आज बिहान सार्वजनिक ऐलानी अधेरी खोला किनारको छेउमा बनेको पक्की घर नगरपालिकाले भत्काइएको छ।

उपमहानगरपालिका धरान-५ को खारखोला र अधेरीखोलाको संगम स्थल धरान उपमहानगरपालिकाले बहुजातिय रंगशाला बनाउने निर्णय गरेको क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएको थियो। उक्त सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गरिएको भन्दै धरान उपमहानगरपालिकाले पटक पटक नबनाउन आग्रह गर्दागर्दै पत्राचारसमेत गरेको थियो। तर, पनी अटेर गरी घर निर्माण गरेको पक्की घर आज नगरपालिकाको डोजरले भत्काएको छ।

सार्वजनिक एलानी जग्गामा मुना चौधरी लिम्बुले सार्वजनिक जग्गा अतिक्रमण गरी एकतले पक्की घर निर्माण गरेको भन्दै नगरपालिकाले आज बिहान नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी ठुलो संख्यमा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर उक्क पक्की घर भत्काएको हो।

उक्त घर भत्काउने क्रममा स्थानीय र सुरक्षाकर्मीबीच दोहोरो झडप समेत भएको थियो। दोहोरो झडप हुँदा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ। स्थानीयले डोजरको सिसा फुटाएका छन्। सामान्य घाइते बाहेक ठुलो मानविय क्षति भएका छैन।

धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातिय रंगशाला निर्माण गर्ने भनिएको स्थानमा अनधिकृत बसोबास बस्न थालेकोपछि नगरले पटक पटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण सम्पन्न गरेकोले भत्काउनुपरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले हिमालीसंचारडटकमसंगको कुराकानीमा बताए।

पछिल्लो समय धरानमा एलानीपट्टी एवम् प्रकारले सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्य तीव्र गतिमा बढिरहेकोले धरान उपमहानगरपालिका धरानले नया संरचना र बस्ति अतिक्रमण गर्ने विरुद्ध एक्सनमा उत्रिएको हो।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...