News Portal

“काया संगसंगै, छायाको यात्रा” – डा.सुमाया राई

हिमालीसंचार संवाददाता
३९१ पटक

काया संगसंगै
छायाको यात्रा त !
अकस्मात् टुँगि जाँदो रै छ !
कस्लाई थाहा हुन्छ र ?

थाहा हुने भए त !
किन हुन्थ्यो हतार ?
किन हुन्थ्यो लोभ ?
किन हुन्थ्यो डाह ?

निमेष मात्रको अन्तर
दृश्य बदलि जाने खेलमा
परेली झिम्किन नपाउँदै
सृष्टिले गरी जाने झेलमा !

चल्ने होला आरोप प्रत्यारोप !
को होला दोषी ? कसले भन्ने ??
त्यसपछि तैं चुप ! मैं चुप !!
अपराधबोधको गाँठों कसले खोल्ने ?

देश बिकास बनाम म ! बिकास
बिकासे दौड़मा सबै प्रतियोगी !
हाम्रो लेखन्त यस्तै रहेछ भन्दै
मन बुझाई लाने हो कि ???

डा. सुमाया राई
पूर्व अध्यक्ष किरात राई यायोक्खा केन्द्रिय कार्य समिति काठमाडौ, नेपाल (हाल बेलायत)

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...