News Portal

नेपाली परोपकार समाज कुवेतकाे दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा सम्पन्न

हिमालीसंचार संवाददाता
३९३ पटक

कुवेत— नेपाली परोपकार समाजकाे (NFH) हिजाे जनवरी १९ बिहिबार दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा बिहिबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ   समाजका  अध्यक्ष धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  नेपाली दुताबास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारी प्रमुख अथिति रहेका थिए ।

आफ्नो शुभकामना मन्तब्य दिदै प्रमुख अथिति राजदूत भण्डारीले   कार्यक्रममा संस्थाको नामै परोपकारी भएकोले काम पनि उत्तिकै राम्रो गरेको रहेछ भन्दै सस्थाको  खुलेर नै प्रशंसा गरेका थिए साथै  परोपकारी संस्थाहरुले गर्दै आएको सकारात्मक कार्यमा  नेपाली दूतावास कुवेतकाे सधै साथ र सहयोग रहने समेत बताए।

त्यसैगरि  कार्यक्रममा   गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्षमा उमेस पुडासैनी,  माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष आनन्द श्रेष्ठ नेपाल पत्रकार महासंघ  बैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थी, हिमाली संचारका  हरि बानियाले  शुभकामना मन्तब्य राखेका  थिए।कुवेत र नेपालबाट एकैसाथ कार्यक्रम  शुरु भएको थियाे।

अथितिहरुको  मन्तव्यबाट स्वागत  लक्ष्मी प्रधान र कार्यक्रम संचालन महासचिव कृष्णबहादुर भुजेलले गरेका थिए । भने  सस्थाको गतिबिधिकाे बारे   कोषाध्यक्ष कृष्ण बहादुर हमाल र गकुल महतले जानकारी गराएका  थिए। परोपकारी समाजमा आवद्द हुनुको कारण बारेमा सदस्य  गङ्गा भट्टराई सुबेदीले प्रस्ट पारेकी थिइन्।
नेपाली परोपकार समाज कवेतले नेपाली दुतवास कुवेतका महामहिम दुर्गाप्रसाद भण्डारीलाई मायाेकाे चिनाे मायाको चिनोस्वरुप गौतम बुद्धको मूर्ति प्रदान गरेको थियो। सस्थाका  सदस्यहरुमा केन्द्रित  लक्की ड्रको भाग्यमानि बिजेता आनन्द तेन्डुलकार बनेका थिए। सस्थामा आबद् सदस्यहरुलाई  बार्षिक बोनस समेत वितरण गरिएको थियो।

कोभिड १९ को महामारीले विश्व आतंकित भईरहेको बेला प्रवासमा बस्ने धेरै नेपाली दाजुभाई दिदीबहिनिहरु पनि सो प्रकोपबाट ग्रसित भईरको अवस्थामा कुवेतमा रहनुभएका प्रवासी नेपाली परोपकारी मनहरु मिलेर नेपाली परोपकार समाज सन् २०२० मा कुवेतमा धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा स्थापना भएको हो।

नेपाल, कुवेत, साउदी र केही युरोपियन देशमा कार्यरत नेपाली दाजुभाईहरु मिलेर आफ्नो सिप र कला र आर्जनलाई आफ्नै देशमै लगानी गर्ने र तेसबाट आएको मुनाफाको हिष्सालाई मानव परोपकार कार्यमा लगाउने उदेश्यले स्थापना भएको सो समाजले परोपकार कार्यमा ठुलो योगदान दिदै आईरहेको बताए।

प्रवासमा अलपत्र परेका आफ्ना नेपाली नागरिकहरुको उद्दार र राहत कार्यहरुमा नेपाली दुतवास गैरआवशिय नेपाली संघ र कुवेतमा विध्यमान बिभिन्न संघसंथाहरुसंग सहकार्य गर्दै परोपकारी कार्यमा टेवा दिदै आईरहेको छ।
हाल कुवेत नेपाल र युरोपियन देशमा कार्यरत २०० भन्दा बढी नेपालीहरु समाजसंग आवद्द छन्। भविष्यमा सिपमुलक प्रवासी नेपालीहरुको शिप र लगानीमा स्वदेशमै उद्योग कलकारखाना र आयमुलक व्यावसाय गर्ने र विदेशबाट फर्कने दाजुभाई दिदीबहिनिहरुलाई स्वदेशमै रोजगारको अवसर प्रदान गर्ने उदेश्य लिएको छ।                                                     

कार्यक्रमको अन्तमा संस्थाको अध्यक्ष धिरेन्द्र राज सुवेदीले कार्यक्रम समापन गरेका थिए।कार्यक्रममा उपस्थिति सबैजनालाई खानपिनको व्यवस्था समेत गरिएको थियो।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...