News Portal

  • ककपीटमा हाकीम, निरिह यात्रु र हवाई सुरक्षा

    बाबुराम अर्याल
    २४४ पटक

    काठमाडौं। हिजो पोखरामा भएको हवाई दुर्घटनाले मलाई केहि समय अघिको एउटा घटना ताजा गरेको छ। म मुद्दाको सिलसिलामा विराटनगर जाँदै थिएँ। प्लेनमा (सेवा प्रदायक बिर्सें, सौर्य जस्तो लाग्छ) ढिलै पुगेको थिएँ। एकजना मेरो सिटको समानान्तर सिटमा बसेको महानुभाव एयर होस्टेससँग कुरा गर्दै थिए। पुरै अंग्रेजी (मिस्रित उच्चारण सहित)। एक छिनमा उनी पाईलट भएको ठाउँ (ककपीट)मा गए केहि बेर वार्तालाप गरे। प्लेन साविकमै डिले भैसकेको थियो। प्लेनको हिंड्ने तरखरमा थियो। मैले एयर होस्टेसलाई उड्डयन सुरक्षा उलंघनमा माफी माग्न भने। मेरो तर्क थियो, एक जना सिभिलियनलाई किन ककपिट भित्र लगियो। त्यो उड्डयन सुरक्षाको गंभिर उल्लंघन थियो भन्ने मेरो दावी थियो।

    त्यसैमा ति महाशयले मलाई नै थर्काउन थाले। म भित्र गएकोमा तँलाई के को आपत्ति ? मलाई चिनेको छस ? मैले नचिनेको र चिन्न आवश्यक नभएको पनि वताएँ। मेरो चासो उड्डयन सुरक्षा उलंघन गरेको भन्ने मात्र सरोकार थियो। अनि उसले आफ्नो पहिचान बतायो। उ विराटनगर विमानस्थलको हाकिम रहेछ। उसले भन्यो, मैले उड् भने उड्छ नउड् भने उड्दैन। त्यो अधिकार हामीसँग हुन्छ भन्ने दावी पनि उसले गर्यो। विराटनगरको प्राविधिकको हैसियतमा त त्यो होला तर अहिले यात्रुको रुपमा रहँदा त होइन होला भनें। हामी चौविसै घन्टा ड्यूटीमा हो, हामीले जे गर्न पनि सक्छौं भन्यो। यति समय भित्रै उसले मलाई ओराल्ने धम्मकी दिइराखेको थियो, मलाई देखाइदिन्छु भन्दै थियो नभन्दै उसले एयरपोर्ट प्रहरी बोलायो, मलाई ओराल्ने आदेश दियो। अन्तिममा भित्रबाट मूल पाईलट आएर मलाई तपाई विराटनगर जानेकि ओर्लने ? भनेर भन्यो, मानौं कि म बिराटनगर जाने बसमा कलंकीमा सहचालकसँग गलफत्ति गरेको जस्तो। भोलि पल्ट महत्वपूर्ण मुद्दा थियो, बिराटनगर उच्च अदालतमा। थप झगडा गर्नुभन्दा सरी भनेर उड्नु नै श्रेयस्कर ठानें। सवार यात्रु कोहि कसैले केहि चुक्क बोलेन। मानौंकि सुरक्षा संवेदनशिलता मेरो मात्र चासोको विषय थियो।

    महाशय मलाई धम्काउँदै थियो। ठेगान लगाई दिन्छु भन्दै थियो। नभन्दै विराटनगरमा अवतरण गर्ने वित्तिकै प्रहरी बोलाएर मलाई अभियुक्त झैं जिम्मा लगायो। मेरो सिटमा सँगै बस्ने एक जना महिला थिईन। उनी तात्कालिन संसदमा नेकपा (एमाले) तर्फबाट निरु पाल रहिछन्। मैले नाम त सुनेको, तर अनुहारले नचिन्ने। जहाज भित्रको गलफत्तिमा मलाई आफ्नो कारणले अरु यात्रुलाई डिस्टर्ब नगर्न सुझाएकि थिइन। ओर्लने क्रममा मलाई प्रहरीले पक्राउ गर्दै गर्दा चाहि उहाँको कुनै गल्ति छैन है सम्म भनेकि थिइन। तर, बहालवाल साँसदले त्यसरी मौनता साँध्नु, त्यसमाथि प्रधानमन्त्रिको नजिकको व्यक्ति। के नीति बनाउलान यस्ताले। मेरो चासो उड्डयन तिरै थियो।

    म प्रहरीको जिम्मामा आईसकेको थिएँ। प्रहरीले मेरो मादक पदार्थ आदि परिक्षण गर्यो। केहि पाउने कुरै थिएन। यो विचमा मैले पनि आफ्नो केही चिनजानको मान्छेसम्म सम्पर्क बनाईसकेको थिएँ। मलाई ति सिटौला थर भएको हाकिमको कचहरीमा लगियो। मलाई या त माफि माग्ने या दुर्व्यवहारमा मुद्दा फेस गर्ने विकल्प सुझाईयो। म मेरो मिसनमा थिइन, पक्षको आवश्कताले विराटनगर गएको थिएँ। मैले मेरो च्यालेन्ज भन्दा पनि पक्षको आवश्यकतालाई प्रधान मानें। भोलिको मुद्दामा प्रतिनिधित्व मूल कूरा थियो, हाकीमसँग टसल भन्दा पनि। म हाकिमसँग क्षमा माग्दै लागें।

    प्रसंग हवाई सुरक्षाको संवेदनशिलता न विमानस्थल हाकिमसँग रह्यो, न पाइलटसँग। एयर होस्टेस त विचरानै भईन। अनि हवाई दुर्घटना बारबार नभए के हुन्छ त ?

    पोखरा दुर्घटनामा दिवंगत सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक संतप्त परिवारप्रति समवेदना प्रकट गर्दछु।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...