News Portal

नेेपाल कुवेत सांस्कृतिक मन्चको पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन

हिमालीसंचार संवाददाता
२९६ पटक

कुवेत– नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी मार्च ३१ तारिख शुक्रबारका दिन  २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भनिएको कार्यक्रमको मिति परिबर्तन भएको आयोजकले जनाएको छ।

बिबिध समस्या अर्थात् प्राबिधिक कारण  जनाउदै पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन गर्दै आउदो मार्च १० तारिख शुक्रबारको  दिन कार्यक्रम गरिने अध्यक्ष गोबिन्द बरालले तितोपाटीलाई जानकारी दिएका छन।
पुर्व घोषित मिति परिवर्तनले पर्न गएको  समस्या प्रति नेपाली संघ सस्था समाजसेवी बुद्दिजिबी खेलाडी कलाकार पत्रकार लगायत कुवेत कार्यरत नेपाली दाजुभाई दिदीबहिनी,सबै सँग आयोजक सस्थाको तर्फबाट अध्यक्ष बरालले क्षमा समेत मागेका छन।

“हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नाराका साथ २०६६ सालमा स्थापना भएको सास्कृतिक मन्चले बिगतका वर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै कुवेतका नेपाली संघ संस्थाहरुसंग हातेमालो गर्दै आएको छ।

नेपाल कुवेत सांस्कृतिक मन्चको १४ औं वार्षिकोत्सब तथा २१ औं सास्कृतिक कार्यक्रमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने मन्च अध्यक्ष् गोबिन्द बरालले बताउदै  उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन अनुरोध अनुरोध समेत गरेका  छन।

कार्यक्रम:-१४ औं वार्षिकोत्सब तथा २१ औं सांस्कृतिक कार्यक्रम

स्थान :-जिलिप स्थित पपिन्स हल

मिति :-मार्च १० तारिख, शुक्रबार

आयोजक :- नेपाल कुवेत सास्कृतिक मन्च

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...