News Portal

नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतकाे सांगीतिक धमाका सम्पन्न (फोटोफिचर सहित)

हिमालीसंचार संवाददाता
२१६ पटक

कुवेत– नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत कुवेतद्वारा आयोजित कार्यक्रममा लोकप्रिय हास्य कलाकार तक्मे बुढा विल्सन बिक्रम राई र लोक गायक प्रकाश सपुतद्वारा कुवेतमा एक विशाल सांगितिक धमाका भब्य रुपमा सम्पन्न भयो।

आज कुवेतको जिलिव्स्थित सेन्ट्राल इङ्लिश स्कुलको प्राङ्गणमा प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघ कुवेतले संस्थाको छैटौं वार्षिकोत्सव तथा सांगितिक धमाका-२०२३ का लागि नेपालबाट अतिथी कलाकारको रुपमा बहुचर्चित कलाकार द्वय विल्सन बिक्रम राई र लोक गायक प्रकाश सपुतद्वारा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सभापति चन्द्र पाख्रीना र प्रमुख अतिथिको रुपमा नेपाली दूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी रहेको सो कार्यक्रम सुजन घिसिङ र रोशन राइले सामुहिक रुपमा सञ्चालन गरेका थिए।
कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने भनेपनि २ पछि पछिबाट मात्रै कार्यक्रम सुरु भएको थियो।

कार्यक्रममा उपस्थिति सम्पूर्णलाई भूमिराज राईले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिएभने कार्यक्रममा कार्यक्रममा शुभकामना  मन्तब्य दिनेमा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष नवराज पन्थी जजिरा प्रतिनिधि सुजन केसी जनजातिमा महासंघ अमृत तमाङ एनआरएनए कुबेतका आईसीसी सदस्य हरि लावती एनआरएनए अध्यक्ष रणध्वज लामा ऐमबासटर सुपरमार्केटका प्रतिनिधिले शुभकामना दिएका थिए।                                                           

कुवेतमा हुने हरेक सांगीतिक कार्यक्रममा भन्दा नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतकाे कार्यक्रममा नेपालीहरूको अत्याधिक उपस्थिति भएको देखिन्थ्यो।
दर्शकहरुको भिँडलाई तक्मे बुढाले हसाउदै थिए। उता प्रकाश सपुतले लगभग एक दर्जन जति गीत गाएर दर्शकहरुलाइ झुमाएका थिए।

नेपाली दर्शकले रुचाएका हास्य कलाकार तक्मे बुढा र गायक प्रकाश सपुत अाएकै कारणले दर्शक अत्याधिक भिड देखिन्थ्यो भने त्यो भिडलाई देखेर नेपालवाट आएका ख्यातिप्राप्त हास्यकलाकार र गायकले दर्शकलाई आफ्नो प्रस्तुती दिदै रमाउदै थिए।

 

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...