News Portal

कुवेत आइपुगे गायक प्रकाश सपुत र हस्यकलाकार तक्मेबुढा

हिमालीसंचार संवाददाता
४९२ पटक

कुवेत सिटी। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले भोली शुक्रबार आयोजना गर्न गईरहेको अंग्रेजी नयाँ वर्ष सांगीतिक धमाका तथा छैटाैं वार्षिक उत्सव कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारहरु बहुचर्चित गायक प्रकाश सपुत र हास्यकलाकार विल्सन बिक्रम राई(तक्मेबुढा) आज बिहीबार बिहान स्थानीय समय अनुसार ५:३० बजे आईपुगे।

भोलि शुक्रबारका जीलिबको सेन्ट्रल इङलिस स्कुलको हलमा आफ्नो प्रस्तुति दिने छन।

कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा उनिहरुको स्वागतार्थको लागि नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका पदाधिकारीलगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिसहित पत्रकारहरुको उपस्थिति रहेको थियो।

कलाकारद्वय प्रकाश सपूत र हास्यकलाकार तक्मेबुढाको आगमनमा कुवेतमा कृयाशिल संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरुले पुष्पगुच्चा र खादा ओढाएर भब्य स्वागत गरिएको थियो।

कार्यक्रमको विवरण:

मिति : ६ जनवरी, २०२३ शुक्रबार

समय : बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म।

स्थान : सेन्ट्रल इङलिस स्कुल जीलिब अलसुयोख एनबीके बैंकको अगाडि।

आयोजक : नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...