एचएससी। एउटा जंगलको बिचमा सुसाणयूक्त राज्य थियो। सोहि राज्यमा राजाले एउटा प्रतियोगिता आयोजना गरेका थिए। उक्त आयोजनामा देश भरमा भएका नयाँ प्रतिभा र अनौठा प्रस्तुति देखाउनेलाइ आकर्षक ईनाम दिइने छ भन्ने कुरा राजाले गरेका थिए।
यसै क्रममा सबै प्रतिभाशाली ब्यक्तीहरुले आफ्नो कलाकौशल प्रस्तुत गरिरहेका थिए। उक्त आयोजनाको मुल्यांकन सर्वप्रथम मन्त्री र राजाको आसेपासेहरुले निर्णय लिनु पर्दथ्यो।
राजा मञ्चको उच्चकोटिको कुर्सीमा बिराजमान थिए। सबै भन्दा माथि बसेको हुदा दरबारको वरीपरिको टाढा-टाढासम्मको दृष्यावलोकन गरिरहेका थिए। सेनाहरुले टाढा टाढासम्म सशक्त रुपले बन्दोवस्ति साथ सुरक्षा प्रदान गरिरहेका थिए। यतिकैमा राजाको नजर दरबारको एउटा कुनामा बसिरहेको एक गरिब र कमजोर मानिसमा नजर परयो। उक्त ब्यक्तीको हातमा एउटा अचम्मको चस्मा थियो। उक्त ब्यक्ती त्यो चस्मालाइ घरीघरी लगाउने र उतार्ने अनि चारैतिर हेर्ने र आफै हाँस्ने गरथ्यो।
राजालाई अचम्म लागिरहेको थियो। अनि एउटा सैनिकलाई बोलाएर आदेश दिए। -सिपाहि…! जाउ त्यो पुर्वी ढोकामा एकजना मानिस अचम्मको कृयाकलाप गरिरहेको छ उसलाई मेरो सामु हाजिर पाउँ ! राजाले आदेश दिएपछि एकजना सिपाही दौड्दै गएर त्यो ब्यक्तीलाइ समाएर ल्याए, राजाको सामुमा हाजिर पेस गर्दै-सरकार…! शंकास्पद ब्यक्ती हजुरको सामुमा पेस छ ! मन्त्रीको जिम्मा लगाउदै सिपाही बाहिरियो।
राजाले सोधे त्यो ब्याक्तीलाइ- तिमी कहाँबाट आएका हौ….? राजाको सवालको जवाफ दिदै-सरकारको जय होस म यहि छिमेकि जिल्लाबाट आएको हुँ। सरकारको आयोजनामा आफ्नो केही कला देखाउने अवसर मिल्छ कि भन्ने आषामा। राजाले अचम्म मान्दै-तिमिसँग के कला होला र…?
उक्त ब्यक्ती-हजुर सरकार मसँग हैन यो मेरो चस्मामा अद्भूत शक्ति छ यो चस्मा लगाएर उत्तर दिशा तर्फ हेर्यो भने पशुपतिनाथ प्रस्टै देखिन्छ। राजा हाँस्दै-पागल यो चस्माले यहिबाटै काठमाडौंको पशुपतिनाथ प्रस्टै देखिन्छ भने किन गाडि, घोडाहरू चाहिन्थियो र। त्यो मान्छे- महाराज ! यहि त मेरो चस्माको चमत्कार हो।
त्यसपछि राजाले एक जना पासेलाइ बोलाएर आदेश दिदै-ए ! हर्कबिर यो कुरा साँचो हो कि झूटो कुरा हो एक पटक चस्मा लगाएर हेर के साँचिकैको काठमाडौंको पशुपतिनाथ प्रस्टै देखिन्छ कि नाइ…?
पासेह हर्कबिर -जो हुकुम महाराजको जय होस् भन्दै त्यो ब्यक्तीको नजिक जान्छ। त्यो चस्मावाला राजासँग बिन्ती चढाउदै-महाराज यो चस्माको पनि एउटा सर्त छ। राजा-कस्तो सर्त हो हेर मान्छे यदि तेरो कुरा गलत निक्लिए तँलाई त्यो रुखमा लिएर फाँसी दिइने छ बिचार गरेर सर्त राख्नु। चस्मा वाला-प्रभु ! हजुरको निर्णय मलाई मञ्जुरी छ। मेरो चस्माको सर्त यस्तो छ कि जुन ब्याक्ती इमान्दार र देश प्रेमले मात्रै देख्न सक्ने छ। यो चस्मा हेर्ने मान्छे पापी, चोर, भ्रष्टचारी, जाली-झेलि मान्छेले चाँहि देख्ने छैन। राजालाई उस्को सर्त पनि मञ्जुरी भयो। सबै भन्दा पहिले मन्त्रीलाई आज्ञा दिदै-मन्त्री यो चस्मा लगाएर हेर तिमिले पशुपतिनाथको मन्दिर देख्छौ कि नाइ…? मन्त्रि राजाको आदेश पालन गर्दै- हस् महाराज ! भन्दै उक्त चस्मा लगाउछ अनि उत्तर दिशा तर्फ नजर लगाउछ तर उस्ले पशुपतिनाथको मन्दिर देख्दैन। मन्त्री चुपचाप हेरिरहेको थियो, राजाले सोधे-मन्त्री के तिमीले पशुपतिनाथको मन्दिर देख्यौ त…?
मन्त्रीलाई त्यो चस्मावालाको सर्त याद आयो। चोर, भ्रष्टचारीले देख्ने छैनन् भन्ने कुरा। किनभने मन्त्री भ्रष्टचारीको नाइके थियो। ठग, जालि-झेलि थियो। उस्लाई फर्साद पर्यो। पशुपतिनाथको मन्दिर देखिन भनौ भने सबै पोल खोलिने डरले मन्त्री राजाको सवालको जवाफ दिदै-हो सरकार साँचिकै रहेछ प्रष्टसंग पसुपतिनाथ को मन्दिर देखे। राजा अचम्मित हुदै-खोइ म पनि हेर्छु भनेर चस्मा मागे। अनि राजाले पनि चस्मा लगाए। राजाले पनि केही देखेनन्। अनि मन्त्रीले राजालाई सोध्दै-सरकार पशुपतिनाथको मन्दिरको दर्शन पाउनु भयो त…?
मन्त्रीको सवालले राजालाई चस्मा वालाको सर्त याद आयो। राजाले पनि आफु भ्रष्टाचारीको लिस्टमा आउने डरले भने-हो मन्त्री मैले पनि प्रष्टसंग पशुपतिनाथको मन्दिर देखे। भनेर जवाफ दिए। चस्मावालाले सबै कुराहरू बुझि हाल्यो र राजासँग पुरस्कारको माग गर्दै-सरकार मेरो इनाम बक्सिदिस्योस् म अब घर जान्छु भन्दै बिन्ती चढायो। राजाले त्यो चस्मा वालालाई राम्ररी चिनिसकेका थिए। यो मान्छे चानचुने होइन यसलाई मेरो दरबारमा भित्र्याउँदा राज्यमा राम्रो सुशासनको परिर्वतन हुने छ भन्ने जानेर उस्लाई बोलाउदै-तिम्रो नाम के हो ?
चस्मावाला-सरकार मेरो नाम बुद्धिमान हो। राजा प्रसन्न मुन्द्रामा -तिम्रो ईनाम भोलिदेखि यो राज्यको प्रधानमन्त्री। बुद्धिमान खुशीले गदगद् हुदै -जो आज्ञा सरकार भनेर राजाको सम्मानमा निहुरिएर अभिवादन दिन्छ। त्यसैले नजर होइन नजरिया परिवर्तन गर्न जरुरी छ।
✍️ तपिकुमार सिंह ठकुरी
सिम्ता-४, सुर्खेत।