News Portal

कुवेतबाट सन् २०२२ मा ३० हजार आप्रवासीलाई देश निकाला

हिमालीसंचार संवाददाता
२३१ पटक

कुवेत – कुवेत सरकारले सन् २०२२ मा ३० हजार आप्रवासीहरुलाई देश निकाला (डिपोर्ट) गरेको छ ।

कुवेतको आन्तरिक मन्त्रालयका अनुसार, आप्रवासीहरूलाई गरैकानूनी कार्य, आपराधिक मुद्दा र दुराचारमा संलग्न भएको कारणले देश निकाला गरिएको हो।

कुवेत सरकारले १७ हजार पुरुष र १३ हजार महिलालाई देश निकाला गरेको छ । देश निकालामा परेका १७ हजार पुरुष मध्ये सबै भन्दा बढी ६ हजार ४ सय भारतीय नागरिक रहेका छन । त्यसैगरी ३ हजार ५ सय बंगलादेश र ३ हजार इजिप्टका र अन्य देशका रहेका छन् ।

त्यसैगरी देश निकाला हुने महिलाको कुल संख्या १३ हजार मध्य धेरैजसो फिलिपिन्स ३ हजार, २६ सय श्रीलंकाली, १ हजार ७ सय भारतीय, १ हजार ४ सय इथोपिया र अन्य देशका रहेका छन् ।

कुवेतमा आपराधिक मुद्दा, गैरकानूनी कार्य मदिरा उत्पादन , लागूऔषध ओसारपसार, बेचबिखन र अन्य अनैतिक कार्यमा सङ्लग्न हुने आप्रवासी देश निकाला भई सके पश्चात् पुनः कुवेत फर्किन पाउने छैन।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...