News Portal

कोरिया पठाइँदै ५ हजार मौसमी कामदार

हिमालीसंचार संवाददाता
४६१ पटक

काठमाडौँ। सरकारले श्रम स्वीकृति दिएर दक्षिण कोरियाका लागि मौसमी कामदार पठाउने भएको छ। मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस)मा दर्ता गराएर अन्तिम श्रम स्वीकृति दिने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

फेमिसमा छनोट भएका कामदारलाई सूचीकृत गर्ने योजना र कोरिया जाने सिजनल भिसाको अन्तिम श्रम स्वीकृति दिने तयारीका लागि छलफल भइरहेको विभागका महानिर्देशक उमाकन्त आचार्यले क्यानडा नेपाललाई जानकारी दिए।

कोरियाका स्थानीय तहले माग गर्ने मौसमी कामदारको छनोट नेपालका स्थानीय तहले गर्ने र त्यसको अनुमति विभागले दिने गरी तयारी भएको उनले बताए।

‘स्थानीय तहले मौसमी कामदारको छनोट प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ। कानुनी अड्चनलाई फुकाउन संघीय सरकारले अन्तिम अनुमति दिन विभागमा दर्ता गराउने गरी तयारी भइरहेको छ,’ उनले भने, ‘कोरिया जाने मौसमी कामदारको माग र छनोट दुवै देशका स्थानीय तहको समझदारीमा हुने छ। यसको छनोट स्थानीय पालिकाले गर्ने र छनोट भएका युवाको नामावलीअनुसार विभागले श्रम स्वीकृति जारी गर्छ।’

कोरियाको सिजनल भिसामा श्रमिक पठाउने भएपछि नेपालका धेरै युवाले रोजगारी पाउने र यो एउटा अवसर भएको उनको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरिया सरकारबीच ‘सिजनल वर्किङ भिसा’ मा कामदार आपूर्ति गर्ने सम्झौता हुने र सोहीअनुुसार नेपालले कामदार पठाउने विभागले जनाएको छ।

दुुवै देशबीच भएको सम्झौताअनुसार पहिलो चरणमा ५ हजार मौसमी कामदार पठाउने तयारीका साथ छलफल अघि बढेको श्रम मन्त्रालयले जनाएको छ।

कोरियाको कानुन तथा न्याय मन्त्रालयले मौसमी कामदार लैजान २०२२ जनवरीदेखि लागू हुने गरी नयाँ नियम लागू गरेको थियो। त्यही श्रम नियमअनुसार नै नेपालबाट कोरियाले श्रमिक लैजाने श्रम मन्त्रालयको भनाइ छ।

कोरियाले यो वर्ष नेपालसहित थाइल्यान्ड, कम्बोडिया, भियतनामबाट मौसमीसँगै अन्य कामदार लिइरहेको छ।

कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएकोे श्रमिक अभावका लागि मौसमी कामदार लिने खोजेको हो। कोरियाले नेपालबाट पहिलो चरणमा कृषि र कृषिसँग सम्बन्धित क्षेत्रमा मौसमी कामदार लैजानेछ।

९ महिना कोरिया बस्न पाइने !

कोरियाले सन् २०२१ डिसेम्बरदेखि कृषि तथा माछापालन क्षेत्रमा कामदारको अभाव खेप्दै आएको छ। त्यही अभाव टार्न कोरियाले मौसमी कामदार अन्य देशबाट लिने भएको हो। कोरिया जाने मौसमी कामदारले ७ देखि ९ महिना (कम्पनी) हेरेर बस्ने पाउने श्रम मन्त्रालयले जनाएको छ।

यसअघि जाने मौसमी कामदारले कोरियामा ३ महिनामात्र बस्न पाउने व्यवस्था थियो। सन् २०२३ मा जाने मौसमी कामदारले ९ महिनासम्म बस्न पाउँछन्।

मौसमी कामदार छनोटमा कुनै किसिमका मानवीय संशाधन तथा व्यक्तिगत संलग्नता नहुने गरी ‘सिजनल वर्किङ’ कार्यविधि बनेको श्रम मन्त्रालयले जनाएको छ।

नेपालका तथा कोरिया सरकारका स्थानीय तहबीच सहकार्य भई फ्री भिसा र फ्री टिकटमै कामदार पठाउने गरी सहमति हुने श्रम मन्त्रालयले जानकारी दिएको छ।

कोरियाले विगतमा मौसमी कामदार छनोट गर्दा दलालका कारण कामदारले मोटो रकम असुली गर्ने गरेको गुनासो गर्दै आएको छ। तर नेपालबाट भने पहिलो पटक मौसमी कामदार जान लागेका हुन्।

‘सिजनल वर्किङ’ मा कामदार पठाउने कार्यविधि मन्त्रिपरिषद्बाट पारित भए पनि कार्यान्वयन हुुन केही समय लाग्ने श्रम मन्त्रालयले जनाएको छ।

कोरियाका ३० भन्दा बढी स्थानीय निकायबाट नेपाली मौसमी श्रमिकको माग आएको श्रम मन्त्रालयले जनाएको छ। कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा नेपालको श्रम मन्त्रालयले कानुनी अड्चन फुकाउन यससम्बन्धी निर्देशिकासमेत स्वीकृत गरिसकेको छ।

कोरियामा घट्दो जनसंख्या, बुढ्यौलीपन, युवाको कृषिप्रतिको घट्दो अभिरुचिले कोरियाको कृषि क्षेत्रमा हाल कामदारको चरम अभाव छ।

सन् २००८ देखि नेपालमा इपिएसमार्फत कामदार लैजाने गरेको छ। हाल कोरियामा ६० हजार नेपाली कामदार कार्यरत रहेको श्रम मन्त्रालयको तथ्यांकमा छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...