News Portal

विद्यालयमा छुवाछुतको पराकाष्ठा

हिमालीसंचार संवाददाता
५१२ पटक

बझाङ। जयपृथ्वी नगरपालिका–८ का असिम विक कक्षा २ मा पढ्छन्। गाउँ नजिकैको जालपा आधारभूत विद्यालयमा अध्ययनरत विकसँगै अन्य १४ बालबालिका एउटै कक्षा कोठामा मिलेर लेखपढ गर्छन्। १५ मध्ये अन्य गैरदलित बालबालिका हुन्।

दलित समुदायका बालक असिम मात्रै हुन्। त्यसो त, कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा कुल ८८ बालबालिका छन्। जसमध्ये ३२ बालबालिका दलित समुदायका र ५६ गैरदलित समुदायका छन्। विद्यालयमा एक कार्यालय सहयोगीबाहेक अन्य ७ शिक्षकशिक्षिका छन्। कक्षा कोठामा खेल्दा, बस्दा साथीसँगै हुने असिम विद्यालयबाट पाइने खाजा खाँदा भने एक्लै हुन्छन्। उनको कक्षा कोठाका सबै साथी नास्ता खान घर पुग्छन्।

उनी भने विद्यालयबाट खाजा खान घर जाँदैनन्। विश्व खाद्य कार्यक्रमको सहयोगमा सो विद्यालयमा ‘विद्यालय दिवा खाजा कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, प्रारम्भिक तह पढाइ कार्यक्रम र स्थानीय उत्पादनमा आधारित दिवाखाजा कार्यक्रम’ लागू छन्।

यी कार्यक्रमअन्तर्गत आवश्यक पोष्टिक आहार सन्तुलन मिलाई खाजा पकाइन्छ। असिम यहीँ खाजा खान्छन्। तर, उनको कक्षाकोठाका साथी घर जान्छन्। असिम प्रतिनिधि पात्र मात्रै हुन्। उनीसँग खाजा खाने अन्य दलित समुदायका बालबालिका मात्रै हुन्छन्।

गैरदलित समुदायका भने कोही घर जाने र कोही विद्यालयमै खाजा ल्याएर खाने गरेका छन्। कार्यालय सहयोगी दलित समुदायको भएका कारण ‘आफूहरूले विद्यालयमा खाजा नखाने गरेको’ गैरदलित समुदायका बालबालिका स्वीकार्छन्।

गैरदलित समुदायकी एक बालिकाले भनिन्, ‘खाजा खाने मन त हुन्छ नि १ हामीलाई पढाउने शिक्षकशिक्षिका नै खान मान्नुहुन्न। उहाँहरू नै खानुहुन्न भन्नुहुन्छ। अनि हाम्रो घरपरिवारका सदस्यले पनि नखानु भन्छन्। अनिष्ट हुने राम्रो नहुने भनेपछि हामी पनि डरले खाँदैनौं।’ अर्का विद्यार्थीले भने ‘केही समयअघि आफूले विद्यालयमा पकाएको खाजा खाएको तर त्यो नास्ता खाएपछि पेट दुखेकाले नखाएको’ बताउँदै चलाखी गर्न खोजेको देखिए।

अर्का एक बालिकाले ‘घरमा पूजाआजा गर्ने भएका कारण र अभिभावकले विद्यालयमा पाकेको नास्ता खानुहुन्न भनेकाले विद्यालयको नास्ता छोडेर घरमा गएर खाजा खाने गरेको’ सुनाए। तर, उनीहरू ‘सरहरूले खाए आफूहरू पनि खाने’ बताउँछन्। यो खबर आजको राजधानीदैनिकले लेखेको छ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...