News Portal

  • विद्यालयमा छुवाछुतको पराकाष्ठा

    हिमालीसंचार संवाददाता
    ४२२ पटक

    बझाङ। जयपृथ्वी नगरपालिका–८ का असिम विक कक्षा २ मा पढ्छन्। गाउँ नजिकैको जालपा आधारभूत विद्यालयमा अध्ययनरत विकसँगै अन्य १४ बालबालिका एउटै कक्षा कोठामा मिलेर लेखपढ गर्छन्। १५ मध्ये अन्य गैरदलित बालबालिका हुन्।

    दलित समुदायका बालक असिम मात्रै हुन्। त्यसो त, कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा कुल ८८ बालबालिका छन्। जसमध्ये ३२ बालबालिका दलित समुदायका र ५६ गैरदलित समुदायका छन्। विद्यालयमा एक कार्यालय सहयोगीबाहेक अन्य ७ शिक्षकशिक्षिका छन्। कक्षा कोठामा खेल्दा, बस्दा साथीसँगै हुने असिम विद्यालयबाट पाइने खाजा खाँदा भने एक्लै हुन्छन्। उनको कक्षा कोठाका सबै साथी नास्ता खान घर पुग्छन्।

    उनी भने विद्यालयबाट खाजा खान घर जाँदैनन्। विश्व खाद्य कार्यक्रमको सहयोगमा सो विद्यालयमा ‘विद्यालय दिवा खाजा कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, प्रारम्भिक तह पढाइ कार्यक्रम र स्थानीय उत्पादनमा आधारित दिवाखाजा कार्यक्रम’ लागू छन्।

    यी कार्यक्रमअन्तर्गत आवश्यक पोष्टिक आहार सन्तुलन मिलाई खाजा पकाइन्छ। असिम यहीँ खाजा खान्छन्। तर, उनको कक्षाकोठाका साथी घर जान्छन्। असिम प्रतिनिधि पात्र मात्रै हुन्। उनीसँग खाजा खाने अन्य दलित समुदायका बालबालिका मात्रै हुन्छन्।

    गैरदलित समुदायका भने कोही घर जाने र कोही विद्यालयमै खाजा ल्याएर खाने गरेका छन्। कार्यालय सहयोगी दलित समुदायको भएका कारण ‘आफूहरूले विद्यालयमा खाजा नखाने गरेको’ गैरदलित समुदायका बालबालिका स्वीकार्छन्।

    गैरदलित समुदायकी एक बालिकाले भनिन्, ‘खाजा खाने मन त हुन्छ नि १ हामीलाई पढाउने शिक्षकशिक्षिका नै खान मान्नुहुन्न। उहाँहरू नै खानुहुन्न भन्नुहुन्छ। अनि हाम्रो घरपरिवारका सदस्यले पनि नखानु भन्छन्। अनिष्ट हुने राम्रो नहुने भनेपछि हामी पनि डरले खाँदैनौं।’ अर्का विद्यार्थीले भने ‘केही समयअघि आफूले विद्यालयमा पकाएको खाजा खाएको तर त्यो नास्ता खाएपछि पेट दुखेकाले नखाएको’ बताउँदै चलाखी गर्न खोजेको देखिए।

    अर्का एक बालिकाले ‘घरमा पूजाआजा गर्ने भएका कारण र अभिभावकले विद्यालयमा पाकेको नास्ता खानुहुन्न भनेकाले विद्यालयको नास्ता छोडेर घरमा गएर खाजा खाने गरेको’ सुनाए। तर, उनीहरू ‘सरहरूले खाए आफूहरू पनि खाने’ बताउँछन्। यो खबर आजको राजधानीदैनिकले लेखेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जनकपुरमा २३ वर्षीया महिला मृत अवस्थामा फेला, माइती पक्षले दाइजोका कारण हत्या भएको आरोप

    जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा आइतबार राति एक महिला रहस्यमय अवस्थामा मृत फेला...

    आज २०८२ साल साउन १२ गतेको राशिफल

    आज साउन १२, २०८२ (जुलाई २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अमेरिकाभरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा युवा बैंकर प्रवेश रिजाल

    न्यूयोर्क। क्रस रिभर बैङ्कका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिकाभरिका १००...

    एनआरएनएको पहलमा युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    काठमाडौँ। विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने र समयमा आवश्यक जानकारी नपाइने भन्ने गुनासो सुनिएको सन्दर्भमा...

    एनजिओ चलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग जोडिए कसरी ?

    काठमाण्डौ। नेकपा एमालेका ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीको ९ औँ जिल्ला अधिवेसनबाट दोस्रो...