News Portal

तपाईले विषाक्त मदिरा सेवन गरिरहनु भएको त छैन ?

हिमालीसंचार संवाददाता
२७९ पटक

कुवेत  – वैदेशिक रोजगारका लागि कुवेतमा नेपाली कामदार लगभग ६० देखी ७० हजारको हाराहारीमा रहेका छन । कोरोना भाईरस महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका थिए । तर अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा रोजगारीको लागि नेपाली कामदार आउने क्रम बढी रहेको छ ।

नेपाली कामदारले कुवेत प्रवेश गर्नु अगावै यहाँको नीति, नियम र कामको लागि वैदेशिक रोजगार अभिमुखीकरण तालिम लिन आवश्यक पर्दछ । प्रायः विदेश आउनेले वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तालिम लिएर आएका हुन्छ्न । यदी वैदेशिक अभिमुखीकरण तालिम बिना कुवेत आउदै हुनुहुन्छ भने यहाँको बारेमा सोधपुछ गरेर भए पनि सामान्य जानकारीसम्म लिन आवश्यक पर्दछ ।

मध्यपूर्वीय देश मध्य कुवेत यस्तो देश हो जहाँ मदिरा उत्पादन, बेचबिखन, जुवातास र लागुपदार्थ सेवन गर्न पुर्णरुपमा प्रतिबन्धित छ । त्यसैगरी कुनै पनि गैरकानूनी कार्य गर्न शक्त मनाही छ । तर पनि लुकीछिपी मदिरा उत्पादन र बेचबिखन गर्ने कार्य भईरहेको पाईन्छ । गैरकानूनी कार्यमा नेपालीको समेत संलग्नता भएको पाइन्छ । कतिपय नेपाली गैरकानूनी कार्य गरेकै आरोपमा पक्राउ परेर देश निकाला समेत भएका छन । मदिरा उत्पादन र बेचबिखन गर्ने व्यक्तिलाई कुवेत सरकारले देश निकाला (डिपोर्ट) गर्दछ । कुवेतबाट देश निकाला भए पश्चात् पुनः कुवेत आउन मिल्दैन ।

कुवेतमा लुकीछिपी संचालनमा लिइएका घरेलु मदिरा उत्पादन केन्द्रमा अखाद्य रसायनहरु मिसावट गरेर मदिरा उत्पादन हुने बताउँछन । अखाद्य रसायनहरु मिसावट मदिरा सेवन गरेर धेरै नेपालीले ज्यान समेत गुमाई सकेका छन । यहाँ उत्पादन हुने मदिरा विषाक्त हुन्छ भन्ने थाहा हुदाँ हुदै पनि किन सेवन गरिरहेका छन ? घरेलु उत्पादित विषाक्त मदिरा सेवन गरेर धेरैले सुतेकै ठाउँमा ज्यान गुमाई सकेका छन । तर पनि सचेत किन हुन सकेका छैनन् ? कुवेतमा केही दिन पहिला पनि घरेलु उत्पादित विषाक्त मदिरा सेवन गरेर धेरै नेपाली सिकिस्त बिरामी परेको खबर फेसबुकको वालमा बाहिरिएको थियो । यहाँ चाडबाड र छुट्टीको समयमा नेपालीले विषाक्त मदिरा सेवन अत्यधिक गर्ने गरेको पाईएको छ ।
कुवेतको नेपाली समाजमा ६०/७० भन्दा बढी नेपाली संघ – संस्था स्थापना भएका छन । तर पनि यी संघ – संस्थाले यहाँको मदिरा सेवन गर्न हुदैन भनेर कुनै पनि सचेतनाको कार्यक्रम आयोजना गरेको पाईदैन । मदिरा कै कारण यहाँ संघ – संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्विजिवीले समेत ज्यान गुमाई सकेका छन । विषाक्त मदिराले गर्दा पैसा खर्च र ज्यान समेत गुमाउन पर्ने हुन्छ ।

परदेशमा मदिराकै कारणले ज्यान गुमेपछि घर परिवारको भविष्य के होला ? घर परिवारको भविष्य राम्रो बनाउने सपना बोकेर आएका परदेशीले मदिरामा ध्यान होइन । घर परिवारलाई ध्यान दिन जरुरत पर्दछ ।यहाँको विषाक्त मदिरामा खर्च गर्ने पैसा बचत गरेर घर परिवारलाई पठाउदा उचित हुन्छ । यहाँको विषाक्त मदिरा सेवन गर्न होशियार हुन पर्दछ ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...