News Portal

  • तपाईले विषाक्त मदिरा सेवन गरिरहनु भएको त छैन ?

    हिमालीसंचार संवाददाता
    २१२ पटक

    कुवेत  – वैदेशिक रोजगारका लागि कुवेतमा नेपाली कामदार लगभग ६० देखी ७० हजारको हाराहारीमा रहेका छन । कोरोना भाईरस महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका थिए । तर अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा रोजगारीको लागि नेपाली कामदार आउने क्रम बढी रहेको छ ।

    नेपाली कामदारले कुवेत प्रवेश गर्नु अगावै यहाँको नीति, नियम र कामको लागि वैदेशिक रोजगार अभिमुखीकरण तालिम लिन आवश्यक पर्दछ । प्रायः विदेश आउनेले वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तालिम लिएर आएका हुन्छ्न । यदी वैदेशिक अभिमुखीकरण तालिम बिना कुवेत आउदै हुनुहुन्छ भने यहाँको बारेमा सोधपुछ गरेर भए पनि सामान्य जानकारीसम्म लिन आवश्यक पर्दछ ।

    मध्यपूर्वीय देश मध्य कुवेत यस्तो देश हो जहाँ मदिरा उत्पादन, बेचबिखन, जुवातास र लागुपदार्थ सेवन गर्न पुर्णरुपमा प्रतिबन्धित छ । त्यसैगरी कुनै पनि गैरकानूनी कार्य गर्न शक्त मनाही छ । तर पनि लुकीछिपी मदिरा उत्पादन र बेचबिखन गर्ने कार्य भईरहेको पाईन्छ । गैरकानूनी कार्यमा नेपालीको समेत संलग्नता भएको पाइन्छ । कतिपय नेपाली गैरकानूनी कार्य गरेकै आरोपमा पक्राउ परेर देश निकाला समेत भएका छन । मदिरा उत्पादन र बेचबिखन गर्ने व्यक्तिलाई कुवेत सरकारले देश निकाला (डिपोर्ट) गर्दछ । कुवेतबाट देश निकाला भए पश्चात् पुनः कुवेत आउन मिल्दैन ।

    कुवेतमा लुकीछिपी संचालनमा लिइएका घरेलु मदिरा उत्पादन केन्द्रमा अखाद्य रसायनहरु मिसावट गरेर मदिरा उत्पादन हुने बताउँछन । अखाद्य रसायनहरु मिसावट मदिरा सेवन गरेर धेरै नेपालीले ज्यान समेत गुमाई सकेका छन । यहाँ उत्पादन हुने मदिरा विषाक्त हुन्छ भन्ने थाहा हुदाँ हुदै पनि किन सेवन गरिरहेका छन ? घरेलु उत्पादित विषाक्त मदिरा सेवन गरेर धेरैले सुतेकै ठाउँमा ज्यान गुमाई सकेका छन । तर पनि सचेत किन हुन सकेका छैनन् ? कुवेतमा केही दिन पहिला पनि घरेलु उत्पादित विषाक्त मदिरा सेवन गरेर धेरै नेपाली सिकिस्त बिरामी परेको खबर फेसबुकको वालमा बाहिरिएको थियो । यहाँ चाडबाड र छुट्टीको समयमा नेपालीले विषाक्त मदिरा सेवन अत्यधिक गर्ने गरेको पाईएको छ ।
    कुवेतको नेपाली समाजमा ६०/७० भन्दा बढी नेपाली संघ – संस्था स्थापना भएका छन । तर पनि यी संघ – संस्थाले यहाँको मदिरा सेवन गर्न हुदैन भनेर कुनै पनि सचेतनाको कार्यक्रम आयोजना गरेको पाईदैन । मदिरा कै कारण यहाँ संघ – संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्विजिवीले समेत ज्यान गुमाई सकेका छन । विषाक्त मदिराले गर्दा पैसा खर्च र ज्यान समेत गुमाउन पर्ने हुन्छ ।

    परदेशमा मदिराकै कारणले ज्यान गुमेपछि घर परिवारको भविष्य के होला ? घर परिवारको भविष्य राम्रो बनाउने सपना बोकेर आएका परदेशीले मदिरामा ध्यान होइन । घर परिवारलाई ध्यान दिन जरुरत पर्दछ ।यहाँको विषाक्त मदिरामा खर्च गर्ने पैसा बचत गरेर घर परिवारलाई पठाउदा उचित हुन्छ । यहाँको विषाक्त मदिरा सेवन गर्न होशियार हुन पर्दछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    फेसबुक, ट्वीटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं, १९ भदौ – सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध...

    शान्त छिमेकका लागि प्रहरीको सिफारिस: सिट्ठी र फ्लस गर्दा आवाज कम गर्नुहोस्

    काठमाडौँ, भदौ १९ – काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले आम नागरिकसँग विशेष अनुरोध...

    नेपाली र भूटानी नागरिकका लागि भारत प्रवेशमा सहजता

    काठमाडौं, भदौ १९ – भारत सरकारले २ सेप्टेम्बर २०८२ देखि लागू गरेको नयाँ इमिग्रेसन नियमअनुसार...

    रामहरि खतिवडालाई कांग्रेसको सभापति प्रस्ताव

    काठमाडौं, भदौ १९ – नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने निर्णय...

    मन्त्री यादव : “धम्की दिने महिलाप्रति कुनै पूर्वाग्रह छैन”

    काठमाडौं, भदौ १९ – खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफूलाई ज्यान मार्ने धम्की दिएको...