News Portal

  • ब्यानर लेखाइमा त्रुटि भएपछि आयोजकको व्यापक आलोचना

    हिमालीसंचार संवाददाता
    २६३ पटक

    अविनाश चौधरी
    धनगढी। कञ्चनपुरको एक संस्था ब्यानरको कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ। द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लुडीसी)को व्यापक आलोचना भएको हो।

    सो संस्थाले तालिमका लागि बनाएको ब्यानर लेखाइमा केही त्रुटि देखिएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ।

    ब्यानरमा ‘मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी’ तालिम लेखिएपछि संस्थाको आलोचना गरिएको छ। संस्थाले तयार पारेको ब्यानरले मानव बेचबिखन तथा ओसार पसारका लागि तालिम दिन खोजेको भन्ने सन्देश दिएको धेरैको बुझाइ छ।

    ब्यानरमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण वा रोकथाम सम्बन्धी तालिम भनेर लेखिनु पर्ने सुझाव दिएका छन्। केन्द्रले ३ दिने तालिम कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालन गरेको छ।

    ब्यानरमा भीमदत्त नगरपालिकाको आर्थिक सहयोग भनेर लेखिएपनि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा सो संस्थाले तालिम आयोजना गरेको बुझिएको छ।

    नगरपालिकाले समन्वयकारी भूमिका मात्रै निर्वाह गरेको भीमदत्त नगरपालिका सूचना अधिकारी हरिसिंह धामीले बताउनुभयो।

    संस्थाको नियत गलत नरहेको र ब्यानरमा लेखिएको कुरालाई नकारात्मक रूपमा लिन र बुझ्न नहुने उहाँको भनाइ छ।

    ‘संस्थाको ब्यानरमा मानवीय त्रुटि भएको हो। तर, त्यसैलाई धेरै ठूलो बनाउनुपर्ने कारण केही देख्दिन’ उहाँले भन्नुभयो, ‘यसमा खाली बुझाइको फरक मात्रै भएको छ। संस्थाको नियत गलत छैन।’

    धामीले ब्यानरभन्दा पनि संस्थाले दिने कन्टेन्ट महत्त्वपूर्ण रहेको भन्दै उसको कन्टेन्टमा मानव बेचबिखन र ओसारपसार गर्नुपर्ने खालको कुरा नरहेको बताउनुभयो।

    ब्यानरमा भएको त्रुटिलाई लिएर संस्थाले माफी पनि मागिसकेको उहाँले बताउनुभयो। उहाँले थप्नुभयो, ‘भएको त्रुटि संस्थाले सच्याइ सकेको छ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...