News Portal

ब्यानर लेखाइमा त्रुटि भएपछि आयोजकको व्यापक आलोचना

हिमालीसंचार संवाददाता
३३६ पटक

अविनाश चौधरी
धनगढी। कञ्चनपुरको एक संस्था ब्यानरको कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ। द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लुडीसी)को व्यापक आलोचना भएको हो।

सो संस्थाले तालिमका लागि बनाएको ब्यानर लेखाइमा केही त्रुटि देखिएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ।

ब्यानरमा ‘मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी’ तालिम लेखिएपछि संस्थाको आलोचना गरिएको छ। संस्थाले तयार पारेको ब्यानरले मानव बेचबिखन तथा ओसार पसारका लागि तालिम दिन खोजेको भन्ने सन्देश दिएको धेरैको बुझाइ छ।

ब्यानरमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण वा रोकथाम सम्बन्धी तालिम भनेर लेखिनु पर्ने सुझाव दिएका छन्। केन्द्रले ३ दिने तालिम कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालन गरेको छ।

ब्यानरमा भीमदत्त नगरपालिकाको आर्थिक सहयोग भनेर लेखिएपनि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा सो संस्थाले तालिम आयोजना गरेको बुझिएको छ।

नगरपालिकाले समन्वयकारी भूमिका मात्रै निर्वाह गरेको भीमदत्त नगरपालिका सूचना अधिकारी हरिसिंह धामीले बताउनुभयो।

संस्थाको नियत गलत नरहेको र ब्यानरमा लेखिएको कुरालाई नकारात्मक रूपमा लिन र बुझ्न नहुने उहाँको भनाइ छ।

‘संस्थाको ब्यानरमा मानवीय त्रुटि भएको हो। तर, त्यसैलाई धेरै ठूलो बनाउनुपर्ने कारण केही देख्दिन’ उहाँले भन्नुभयो, ‘यसमा खाली बुझाइको फरक मात्रै भएको छ। संस्थाको नियत गलत छैन।’

धामीले ब्यानरभन्दा पनि संस्थाले दिने कन्टेन्ट महत्त्वपूर्ण रहेको भन्दै उसको कन्टेन्टमा मानव बेचबिखन र ओसारपसार गर्नुपर्ने खालको कुरा नरहेको बताउनुभयो।

ब्यानरमा भएको त्रुटिलाई लिएर संस्थाले माफी पनि मागिसकेको उहाँले बताउनुभयो। उहाँले थप्नुभयो, ‘भएको त्रुटि संस्थाले सच्याइ सकेको छ।’

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...