News Portal

  • कांग्रेस नेता भण्डारीले माझी र बोटे समुदायसँग यसरी मनाए दशैं

    १०१३ पटक

    गुल्मी : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मिका विपन्न माझी र बोटे समुदायसँग दशै मनाउनुभएको छ । विगत तीन वर्ष देखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी मनाउँदै आउनुभएका नेता भण्डारीले यो वर्ष पनि उनीहरुसँगै दशैं मनाउनुभएको हो ।

    नेता भण्डारीले माझी र बोटे समुदायका जेष्ठ नागरिकबाट टिका थाप्नुभयो भने आफूभन्दा सानालाई टिका लगाइदिनुभयो । टिकासँगै नेता भण्डारीले दक्षिणा अनि बालबालिकालाई पाठ्य सामग्री समेत वितरण गर्नुभयो ।

    उहाँले गुल्मीको लक्ष्मी निमावी बम्घा, आरीपाटा प्रावि, उर्लीखोला, बालविकास केन्द्र मझुवा, झेर्दी निमावी, कडेँल मावि पुलकामुख र माझी प्रावि गरी ६ ठाँउका बिद्यार्थीलाई स्वेटर र स्टेशनरी सामान वितरण गर्नुभयो ।

    रेडियो एनआरएनका अनुसार झण्डै ६ सय माझी तथा बोटे समुदायका महिलालाई धोती र लुंगि समेत नेता भण्डारीले वितरण गर्नुभयो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...