News Portal

कांग्रेस नेता भण्डारीले माझी र बोटे समुदायसँग यसरी मनाए दशैं

१०७८ पटक

गुल्मी : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मिका विपन्न माझी र बोटे समुदायसँग दशै मनाउनुभएको छ । विगत तीन वर्ष देखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी मनाउँदै आउनुभएका नेता भण्डारीले यो वर्ष पनि उनीहरुसँगै दशैं मनाउनुभएको हो ।

नेता भण्डारीले माझी र बोटे समुदायका जेष्ठ नागरिकबाट टिका थाप्नुभयो भने आफूभन्दा सानालाई टिका लगाइदिनुभयो । टिकासँगै नेता भण्डारीले दक्षिणा अनि बालबालिकालाई पाठ्य सामग्री समेत वितरण गर्नुभयो ।

उहाँले गुल्मीको लक्ष्मी निमावी बम्घा, आरीपाटा प्रावि, उर्लीखोला, बालविकास केन्द्र मझुवा, झेर्दी निमावी, कडेँल मावि पुलकामुख र माझी प्रावि गरी ६ ठाँउका बिद्यार्थीलाई स्वेटर र स्टेशनरी सामान वितरण गर्नुभयो ।

रेडियो एनआरएनका अनुसार झण्डै ६ सय माझी तथा बोटे समुदायका महिलालाई धोती र लुंगि समेत नेता भण्डारीले वितरण गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...