News Portal

धरानका मेयर साम्पाङलाई दलित आयोगले कार्वाहीको लागि सिफारिस गऱ्यो

मेयर साम्पाङले पनी आयोगलाई कारवाहीका लागि जनता गुहारे!

हिमालीसंचार संवाददाता
३८९ पटक

धरान – राष्ट्रिय दलित आयोग कुपन्डोल ललितपुरले धरानका मेयर हर्क साम्पाङलाई कानूनी कार्वाहीको लागि गृहमन्त्रालय सिंहदरवार काठमाडौं सिफारिस गरेको छ।

धरानका मेयर हर्क साम्पाङले मंसिर २७ गते मंगलबार सामाजिक संजाल आफ्नो फेसबुक वालबाट तराईका दलित समुदायप्रति अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै आयोगले सर्वभौम जनताको प्रतिनिधिप्रति सम्मान स्वरुप अभिव्यक्ति सच्याउन र आत्मआलोचना गर्न प्रेस विज्ञप्ति मार्फत हिजो गरेको अनुरोधलाई बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ती उपदेश दिने र कम्जोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रचलित कानून भन्दा आफु माथी रहेको जस्तो अभिव्यक्ति पुनः सार्वजनिक गरेपछि आयोगले विज्ञाप्तिको प्रतिलिपि सहितको पाच थान कागजात नत्थी गरेर आयोगका अध्यक्ष देवराज विश्वकर्माले कारवाहीको लागि सिफारिस गरेको छ।

त्यस्तै, धरानका मेयर साम्पाङलाई राष्ट्रिय दलित आयोगले आवश्यक कार्वाहीको लागि सिफारिस गरेपछि मेयर साम्पाङले पनी सामाजिक संजाल फेसबुक मार्फत दलित आयोगलाई कारवाहीको लागि माग गरेका छन्। उनले लेखेका छन् “मलाई नहुने आरोप लगाउने दलित आयोगलाई कारवाही गर्न म पनी माग गर्दछु! सम्पुर्ण नेपाली समाजको ध्यानआर्षण गराउन चाहन्छु! नगर प्रमुख धरान!” 

आयोगले धरानका मेयर साम्पाङलाई गृहमन्त्रालय सिंहदरबारलाई कारवाहीका लागि सिफारिस गरेपछि मेयर साम्पाङले पनी सम्पूर्ण नेपाली समाजको ध्यानाकर्षण गर्दै आयोगलाई कारवाहीका लागि अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...