आज : २०२६-०६-०८, सोमबार

दशै विशेष – “गजल”

∼ उर्मिला न्यौपाने

यी जमरा अनि टीका झैं मुस्कुराऊ
बिहानीको गुर्धौली जस्तै मुस्कुराऊ

नहोस् तिम्रो ओंठको मुस्कान त्यो टाढा
औंसीको रातमा जुन भै मुस्कुराऊ

बिहानपखको शीतको थोपा जस्तै
आफ्ना आँशु लुकाउँदै मुस्कुराऊ

तयार छु म तिम्रा सारा दु:ख लिन
पीडा सहुँला म तिमी नै मुस्कुराऊ

थपी दिन्छु सानू मेरा हरेक खुशी
रुन दिन्न तिम्लाई सधैं मुस्कुराऊ।।

@लम्की, कैलाली।