News Portal

मकाउमा ‘तमु’ ल्होछार आगामी डिसेम्बर ३० तारिख शुक्रबार रोयल होटलमा हुने

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिए!

हिमालीसंचार संवाददाता
३७८ पटक

मकाउ – “प्ये मस्या छ्या म्हमु, छ्या म्हस्य ल्हु म्हमु, म्हस्या म्ही म्हय” अर्थात शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे हराउछ” भन्ने मुल नाराका साथमा आफ्नो संस्कार संस्कृतिको प्रर्वधन गर्ने उदेश्य सहित चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको आयोजनामा तमु ल्होछार मनाउने कार्यक्रमको तयारी पुरा भएको छ।

मकाउमा संगठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनले आयोजना गर्न लागेको ल्होसार कार्यक्रमको आवश्यक तयारी पुरा भएको समाजका अध्यक्ष लीलबहादुर गुरुङ (गोरा)ले जानकारी दिए। 

गुरुङ ‘तमु’ समाज मकाउ सार चीनले आफ्नो मौलिक संस्कार, संस्कृति, रीतिरिवाज परम्परा र मौलिक चाडको जगेर्ना गर्ने उदेश्यले मकाउमा गठीत समाजले तमु ल्होछार अर्थात गुरुङ समुदायको नया वर्ष (बाघ) वर्गको विदाई गरी हि’ल्होछार विरालो वर्गको स्वागतका निम्ति गुरुङ समुदायको मौलिक परम्परा अनुरुपको रोयल होटलमा हि’ल्होछार साँझ स्योकैं कार्यक्रमको भव्य तयारी पुरा गरिएको हो। 

मकाउमा गठीत समाजको आयोजनामा गुरुङ समुदायको प्रमुख चाडको रुपमा मनाइने यो चाडलाई मकाउमा संगठीत समाजले प्रत्येक वर्ष मनाउदै आएका छन्। गुरुङ समुदायले आफ्नो मौलिक चाडको रुपमा बर्षमा एक दिने मनाइने यो परम्परालाई व्यापकता दिनु पर्दछ भन्ने उदेश्यले तमु खेगी मैं अर्थात गुरुङ पुरोहितहरु लम् पच्यु क्लहेप्री लगायतका वेद शास्त्र अनुरुप मनाउदै आएका हुन्। 

गुरुङ समुदायको महामानवका रुपमा रहेका स्व. डाक्टर हर्क गुरुङले लिपिबद्ध गरेका मुख्य नारालाई आफ्नो परम्परा, संस्कृति, संस्कार जीवित राख्न सक्यौं भने मात्र हाम्रो अस्तित्व जीवन्त रहन सक्छ। 

समाजका अध्यक्ष गोराका अनुसार; संस्कार संस्कृति विनाको समुदायको कल्पना गर्न गाह्रो हुन्छ। त्यसैले आफ्नो संस्कार र सस्कृतिलाई बचाइ राखौ भन्ने उदेश्यका साथ प्रदेशी भूमि मकाउमा सम्भव भएसम्म तमु संस्कृति झल्किने, गुरुङ श्रृंगार, भेषभूषा, खानपान, रहनसहनका प्रर्बधन गर्ने उदेश्यका साथमा आगामी डिसेम्बर (शुक्रबार) ३० तारिख २०२२ साझ १८ः०० बजेदेखि २३ः३० बजेसम्म कार्यक्रमका लागि होटलका बलरुम बुकिङ गरिएको छ।

आयोजित कार्यक्रमको थप जानकारीका लागि समाजका अध्यक्ष लीलबहादुर गुरुङ (गोरा), सचिव भीमबहादुर गुरुङ, सहसचिव अमृत गुरुङ, सहकोषाध्यक्ष अशोक गुरुङ लगायतका समाजका पदाधिकारीहरुसंग आवश्यक जानकारी लिन सकिने समाजका अध्यक्ष गुरुङ (गोरा)ले हिमालीसंचारडटकमसंग बताए। 

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...