News Portal

  • अंग्रेजी नयाँ वर्षमा प्रकाश सपुत र विल्सन बिक्रम राई(तक्मेबुढा)ले कुवेतमा धमका मच्चाउने

    हिमालीसंचार संवाददाता
    ६०७ पटक

    कुवेत सिटी। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले अंग्रेजी नयाँ वर्षको ६ जनवरी २०२३ मा आयोजना गर्ने सांगीतिक कार्यक्रमको लागि नेपालका चर्चित राष्ट्रिय कलाकारद्वय प्रकाश सपुत र विल्सन बिक्रम राई(तक्मेबुढा) लाई कुवेत ल्याउने भएको छ।

    संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो। कार्यक्रमका लागि दुबै कलाकारलाई अनुबन्ध गरिसकिएको कार्यक्रम संयोजक मनिष केसीले जानकारी दिए।

    सेन्ट्रल इङलिस स्कुल जीलिब अलसुयोखमा आयोजना गर्न लागिएको उक्त सांस्कृतिक कार्यक्रमका लागि एकपछि अर्को हिट गीतहरू दिएका अहिलेका जल्दाबल्दा लोक दोहोरी गायक सपुत र सदाबहार कमेडी स्टार तक्मे बुढाले जनवरीको जाडोमा कुवेतबासी नेपालीहरूलाई कत्तिको तताउने हुन त्यो हेर्न बाँकी नै रहे पनि दर्शकहरूको मनोभावनालाइ बुझेर कलाकार चयन गरि अनुबन्ध गरिएको र कलाकारहरूको प्रसिद्धिलाई मध्यनजर गरि आयोजनाले ७ हजार क्षमता भएको कार्यक्रमस्थल छनाैट गरेको संयोजक केसीले बताए।

    “नेपालीहरुको सेवामा समर्पित” भन्ने मुलनाराका साथ गठन भइ कृयासिल रहेको नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले छैटाैं बार्षिक उत्सवको साथमा उक्त साङ्गितिक धमाका आयोजना गर्न लागेको तथा कलाकार अनुबन्ध, हल बुकिङ तथा मिति तय भइसकेको र अन्य तयारी द्रुत गतिमा अघि बढिरहेकोले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न कुवेतबासी सबै नेपालीहरूको साथ र समर्थनको अपेक्षा गर्दै सबैलाइ कार्यक्रममा उपस्थित भइदिन संघले कुवेतवासी नेपालीहरूमा अनुरोधसमेत गरेको छ।

    नेपाली दूतावास, कुवेतमा कृयाशिल संघसंस्था, मिडियाकर्मी, समाजसेवी वुद्धिजीविलगायत सबैलाई आधिकारिक रूपमा निमन्त्रणा पठाइने भएपनि अगृम रूपमा सबैलाई हार्दिक निमन्त्रणा गर्दै कुवेतमा रहेका अन्य संघसंस्थालाई उक्त मितिमा कुनै पनि कार्यक्रम नजुधाइदिनु हुन आयोजकले अनुरोध पनि गरेको छ।

           तपशील:-

    मिति : ६ जनवरी, २०२३

    समय : बिहान १० बजेदेखि साँझ ६ बजेसम्म।

    स्थान : सेन्ट्रल इङलिस स्कुल जीलिब अलसुयोख एनबीके बैंकको अगाडि।

    आयोजक : नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत।

         सम्पर्क व्यक्तिहरू र फोन नंं.:-

    १) मनिस केसी – 51003611
    २) सुन बहादुर तामाङ – 55044349
    ३) विजय धामी – 65142228

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...