News Portal

अंग्रेजी नयाँ वर्षमा प्रकाश सपुत र विल्सन बिक्रम राई(तक्मेबुढा)ले कुवेतमा धमका मच्चाउने

हिमालीसंचार संवाददाता
६८१ पटक

कुवेत सिटी। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले अंग्रेजी नयाँ वर्षको ६ जनवरी २०२३ मा आयोजना गर्ने सांगीतिक कार्यक्रमको लागि नेपालका चर्चित राष्ट्रिय कलाकारद्वय प्रकाश सपुत र विल्सन बिक्रम राई(तक्मेबुढा) लाई कुवेत ल्याउने भएको छ।

संस्थाको छैटाैं वार्षिक उत्सवको अवसर पारेर संघले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो। कार्यक्रमका लागि दुबै कलाकारलाई अनुबन्ध गरिसकिएको कार्यक्रम संयोजक मनिष केसीले जानकारी दिए।

सेन्ट्रल इङलिस स्कुल जीलिब अलसुयोखमा आयोजना गर्न लागिएको उक्त सांस्कृतिक कार्यक्रमका लागि एकपछि अर्को हिट गीतहरू दिएका अहिलेका जल्दाबल्दा लोक दोहोरी गायक सपुत र सदाबहार कमेडी स्टार तक्मे बुढाले जनवरीको जाडोमा कुवेतबासी नेपालीहरूलाई कत्तिको तताउने हुन त्यो हेर्न बाँकी नै रहे पनि दर्शकहरूको मनोभावनालाइ बुझेर कलाकार चयन गरि अनुबन्ध गरिएको र कलाकारहरूको प्रसिद्धिलाई मध्यनजर गरि आयोजनाले ७ हजार क्षमता भएको कार्यक्रमस्थल छनाैट गरेको संयोजक केसीले बताए।

“नेपालीहरुको सेवामा समर्पित” भन्ने मुलनाराका साथ गठन भइ कृयासिल रहेको नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले छैटाैं बार्षिक उत्सवको साथमा उक्त साङ्गितिक धमाका आयोजना गर्न लागेको तथा कलाकार अनुबन्ध, हल बुकिङ तथा मिति तय भइसकेको र अन्य तयारी द्रुत गतिमा अघि बढिरहेकोले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न कुवेतबासी सबै नेपालीहरूको साथ र समर्थनको अपेक्षा गर्दै सबैलाइ कार्यक्रममा उपस्थित भइदिन संघले कुवेतवासी नेपालीहरूमा अनुरोधसमेत गरेको छ।

नेपाली दूतावास, कुवेतमा कृयाशिल संघसंस्था, मिडियाकर्मी, समाजसेवी वुद्धिजीविलगायत सबैलाई आधिकारिक रूपमा निमन्त्रणा पठाइने भएपनि अगृम रूपमा सबैलाई हार्दिक निमन्त्रणा गर्दै कुवेतमा रहेका अन्य संघसंस्थालाई उक्त मितिमा कुनै पनि कार्यक्रम नजुधाइदिनु हुन आयोजकले अनुरोध पनि गरेको छ।

       तपशील:-

मिति : ६ जनवरी, २०२३

समय : बिहान १० बजेदेखि साँझ ६ बजेसम्म।

स्थान : सेन्ट्रल इङलिस स्कुल जीलिब अलसुयोख एनबीके बैंकको अगाडि।

आयोजक : नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत।

     सम्पर्क व्यक्तिहरू र फोन नंं.:-

१) मनिस केसी – 51003611
२) सुन बहादुर तामाङ – 55044349
३) विजय धामी – 65142228

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...