News Portal

एनआरएनए कुवेतले २३ डिसेम्बरमा अन्तर-नेपाली खुला फुटबल प्रतियोगिता गर्ने

हिमालीसंचार संवाददाता
३४६ पटक

कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३ २०२२ का दिन फाहहिल स्थित शुकसभा फुटबल मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ।

उक्त फुटबल प्रतियोगिताको लागि खेलकुद मैदान छनाैट तथा ट्रफी, मेडल तथा कप छनाैटको काम टुंगो लागिसकेको संघका खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन्।

नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था तथा कुवेतलाइ कर्मभुमी बनाई कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थितिमा उक्त प्रतियोगिता आयोजना गरिने बताउँदै संयोजक ठकुरीले फुटबल प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको रहरलाइ ध्यानमा राख्दै खेलकुद मैदानसम्म आउन र फर्कनको लागि बिभिन्न स्थानबाट यातायातको व्यवस्था पनि गर्न लागिएको बताए।

खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रति टिम २० केुवेती दिनार टिम दर्ता शुल्क राखिएको जनाउँदै प्रतियोगितमा सहभागी हुने टिमहरूको लागि आगामी शुक्रबार टाइ-सीट तयार गरिने जनाउँदै प्रयोगितामा भाग लिन चाहने टिमहरूले शुक्रबारसम्ममा टिम दर्ता गराउन पनि संयोजक ठकुरीले सबै खेलकुद टिमहरूलाई अनुरोध गरेका छन्।

प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुने टिमलाइ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र र मेडल प्रदान गरिने छ भने उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी उत्कृष्ट गोलकिपरलाइ पनि पुरस्कृत गरिने जनाइएको छ।

कुवेतमा कार्यरत नेपालीहरूका हरेक पीडामा मलहम लगाउँदै मानविय र सामाजिक सेवाका कार्य गर्दै आएको एनसीसी कुवेतले समय समयमा खेलकुद गतिविधि पनि गर्दै आएको छ भने यस अघि यसै वर्षको शुरूवातमा अन्तर नेपाली खुला भलिबल प्रतियोगिता सम्पन्न गरेकोमा यस पटक फुटबल प्रतियोगिता आयोजना गर्न लागेको भनेर प्रवक्ता केशर घलानले जानकारी गराए।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...