News Portal

एनआरएनए कुवेतले २३ डिसेम्बरमा अन्तर-नेपाली खुला फुटबल प्रतियोगिता गर्ने

हिमालीसंचार संवाददाता
३१८ पटक

कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३ २०२२ का दिन फाहहिल स्थित शुकसभा फुटबल मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ।

उक्त फुटबल प्रतियोगिताको लागि खेलकुद मैदान छनाैट तथा ट्रफी, मेडल तथा कप छनाैटको काम टुंगो लागिसकेको संघका खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन्।

नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था तथा कुवेतलाइ कर्मभुमी बनाई कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थितिमा उक्त प्रतियोगिता आयोजना गरिने बताउँदै संयोजक ठकुरीले फुटबल प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको रहरलाइ ध्यानमा राख्दै खेलकुद मैदानसम्म आउन र फर्कनको लागि बिभिन्न स्थानबाट यातायातको व्यवस्था पनि गर्न लागिएको बताए।

खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रति टिम २० केुवेती दिनार टिम दर्ता शुल्क राखिएको जनाउँदै प्रतियोगितमा सहभागी हुने टिमहरूको लागि आगामी शुक्रबार टाइ-सीट तयार गरिने जनाउँदै प्रयोगितामा भाग लिन चाहने टिमहरूले शुक्रबारसम्ममा टिम दर्ता गराउन पनि संयोजक ठकुरीले सबै खेलकुद टिमहरूलाई अनुरोध गरेका छन्।

प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुने टिमलाइ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र र मेडल प्रदान गरिने छ भने उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी उत्कृष्ट गोलकिपरलाइ पनि पुरस्कृत गरिने जनाइएको छ।

कुवेतमा कार्यरत नेपालीहरूका हरेक पीडामा मलहम लगाउँदै मानविय र सामाजिक सेवाका कार्य गर्दै आएको एनसीसी कुवेतले समय समयमा खेलकुद गतिविधि पनि गर्दै आएको छ भने यस अघि यसै वर्षको शुरूवातमा अन्तर नेपाली खुला भलिबल प्रतियोगिता सम्पन्न गरेकोमा यस पटक फुटबल प्रतियोगिता आयोजना गर्न लागेको भनेर प्रवक्ता केशर घलानले जानकारी गराए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...