News Portal

तालिबानद्वारा कान्दाहार प्रहरी प्रमुखको हत्या

हिमाली संचार संवाददाता
७११ पटक

कान्दाहार– अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् ।

उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरुले आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी कान्दाहारका प्रहरी प्रमुख जनरल अब्दुल राजिकको हत्या गरेका हुन् ।

त्यस आक्रमणमा परी अरु दुई जना प्रहरी अधिकृत पनि मारिएका छन् । उनीहरुको भने परिचय खुलाइएको छैन ।

बिहीबार बिहानै ठूलो सङ्ख्याका तालिबानहरुले निकै शक्तिशाली हतियार प्रयोग गरेर कान्दाहारको प्रहरी मुख्यालयमै आक्रमण गरेका थिए । उनीहरुले जनरल राजिकसहित अफगानिस्तानका अमेरिकी सैनिक कमाण्डरलाई पनि तारो बनाएका थिए ।

तर अमेरिकी सेनाका अफगान कमाण्डर जनरल स्कट मिलर भने सकुशल रहेका छन् । उनले नै प्रहरी प्रमुख राजिकको हत्या भएको पुष्टि गरेका छन् ।

उनले भनेका छन्— आज अफगानिस्तानका नागरिकले एकजना सच्चा अफगान नागरिक गुमाएका छन् हामी पनि सँगै निकै लामो समयदेखि काम गयौँ, जनरल राजिक एक सशक्त प्रहरी कमाण्डर थिए ।

अफगानिस्तानका तालिबानसँग अमेरिकाले शान्तिवार्ताको प्रसंग चलाएको थियो । तर पनि यो पछिल्लो हत्याको शृंखलाले शान्ति वार्ताको प्रसंगलाई छायाँमा पारिदिने विश्लेषकहरु बताउँछन् ।

त्यसैगरी अफगानिस्तानमा हुन गइरहेको आमनिर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थामा पनि यो आक्रमणले ठूलो चुनौती थपिएको जानकारी पनि दिइएको छ ।

कान्दाहारका प्रहरी प्रमुख राजिक तालिबानविरुद्धको कारबाहीका क्रममा एकजना सफल कमाण्डर मानिन्थे । उनको हत्याले कान्दाहारमा सुरक्षाको अवस्था निकै चुनौतीपूर्ण रहेको बताइएको छ ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार तालिबानको बढी नै प्रभाव रहेको क्षेत्र मानिन्छ । त्यसैले पनि यस क्षेत्रको प्रहरी मुख्यालयमै गरिएको आक्रमणले थप सुरक्षा चुनौती थपेको बताइएको हो ।

यस हत्याको जिम्मेवारी तालिबान संगठनले लिएको छ । प्रहरी प्रमुख राजिक तालिबानका विरुद्धमा निकै कठोर रहेकोले हत्या गरिएको उनीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...