News Portal

नुवाकोट धादिङ रसुवा समाज कुवेतले नेपाली नयाँ‌ वर्षमा म्हेन्दोमाया धमाका गर्ने

हिमालीसंचार संवाददाता
३८५ पटक

कुवेत सिटी। “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ २०१७ स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले नेपाली नयाँ वर्षको अवसर पारेर म्हेन्दोमाया साझ सांगीतिक धमाका २०२३ गर्ने भएको छ।

समाजका अध्यक्ष फुर्बा मोक्तान तामाङको अध्यक्षतामा बसेको बैठकले नेपाली नयाँ वर्षको अवसर पारेर संस्थाले नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ सांगीतिक धमाका गर्न लागेको हो।

नेपालबाट ल्याइने कलाकार र कार्यक्रमस्थलबारे छिट्टै नै जानकारी गराउने र कुवेतमा रहेका अन्य संघसंस्थालाइ उक्त मितिमा कुनै पनि कार्यक्रम नजुधाइदिनु हुन संस्था अध्यक्ष फुर्बा मोक्तान तामाङले अनुरोध पनि गरेका छन।

संस्थाले नेपाली नयाँ वर्ष २०८० लाई उत्सवपूर्ण मनाउन नेपालबाट राष्ट्रिय कलाकार कुवेत ल्याइ म्हेन्दोमाया सांगीतिक धमाका गर्न लागेको हो।

कुवेतमा क्रियाशीलता रहेर हरेक आपतबिपत पर्दा सहयोग गर्दै आईरहेका धादिङ जिल्लामा जन्मिएका सामाजिक अभियन्ता तामाङआवाज कुवेतका प्रधिनितीसमेत रहेका राकेश मनाङ्थेनको नेतृत्वमा २०१७ मा गठन भएको थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...