News Portal

राजेशपायल राई र मिन्छामा राईको “शिरैमा फेटा” साकेला गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४४३ पटक

धरान – सदावहार चर्चित गायक राई इच किङ राजेशपायल राई र मिन्छामा राई र मुन्धुमी गायक राई नविनको आवाजमा रहेको साकेला गीत “शिरैमा फेटा” चिण्डो युटुव च्यानलमार्फत आज सार्वजनिक गरिएको छ।

युवा अभियन्ता, साहित्यकार तथा समाजसेवी गजेन्द्र खालिङ राईको शब्द रचना रहेको साकेला गीत ५०८२औं येलेदोङ तथा उधौंली साकेला चाडको अबसरमा किरात समुदायको लागि उक्त साकेला गीत सार्वजनिक गरिएको गीतकार खालिङले हिमालीसंचारसंग बताए। 

चर्चित संगीतकार पदम थुलुङ राईको संगीत रहेको उक्त गीत महाराज थापाले ऐरेन्ज गरेका हुन्। उक्त साकेला गीतको मिक्सिङ मास्टरिङ साजन शाहले गरेका गीत एप्लस स्टुडियोमा रेकर्ड गरिएको हो। 

गीतकार राईले साकेला गीत निर्माण गर्नमा विभिन्न कोणमार्फत सहयोग गर्नु हुने पुर्ण बाहादुर राई, राजकुमार चम्लिङ राई, दिलकुमार राई, धर्मराज राई, राजकुमार दुमि राई, धन राई, प्रकृति राई, नर बाहादुर राई, पदम राई, डाडोमाया सेर्पा राई, ननिन्द्र राई, समिक्षा राई, देबि कुमारी राई, सरु राई, निरु राई, सबिन राई र रबिन राई लगायतका महानुभावहरुलाई विशेष धन्यबाद दिएका छन्। 

साकेला गीतको भिडियो यहाँ हेर्नुस्:

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...