News Portal

राजेशपायल राई र मिन्छामा राईको “शिरैमा फेटा” साकेला गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४५७ पटक

धरान – सदावहार चर्चित गायक राई इच किङ राजेशपायल राई र मिन्छामा राई र मुन्धुमी गायक राई नविनको आवाजमा रहेको साकेला गीत “शिरैमा फेटा” चिण्डो युटुव च्यानलमार्फत आज सार्वजनिक गरिएको छ।

युवा अभियन्ता, साहित्यकार तथा समाजसेवी गजेन्द्र खालिङ राईको शब्द रचना रहेको साकेला गीत ५०८२औं येलेदोङ तथा उधौंली साकेला चाडको अबसरमा किरात समुदायको लागि उक्त साकेला गीत सार्वजनिक गरिएको गीतकार खालिङले हिमालीसंचारसंग बताए। 

चर्चित संगीतकार पदम थुलुङ राईको संगीत रहेको उक्त गीत महाराज थापाले ऐरेन्ज गरेका हुन्। उक्त साकेला गीतको मिक्सिङ मास्टरिङ साजन शाहले गरेका गीत एप्लस स्टुडियोमा रेकर्ड गरिएको हो। 

गीतकार राईले साकेला गीत निर्माण गर्नमा विभिन्न कोणमार्फत सहयोग गर्नु हुने पुर्ण बाहादुर राई, राजकुमार चम्लिङ राई, दिलकुमार राई, धर्मराज राई, राजकुमार दुमि राई, धन राई, प्रकृति राई, नर बाहादुर राई, पदम राई, डाडोमाया सेर्पा राई, ननिन्द्र राई, समिक्षा राई, देबि कुमारी राई, सरु राई, निरु राई, सबिन राई र रबिन राई लगायतका महानुभावहरुलाई विशेष धन्यबाद दिएका छन्। 

साकेला गीतको भिडियो यहाँ हेर्नुस्:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...