News Portal

कबिता: मलाई माफ गर्नुस !

हिमालीसंचार संवाददाता
४२५ पटक

मलाई माफ गर्नुस आमा
हजुरले सिकाउनु भएकाे ज्ञान
हजुरकाे माया
हजुरकाे प्रेम
हजुरकाे बात्सल्य अनि
हजुरकाे प्रेरणालाई मैले सदुपयोग गर्न सकिन।

मलाई माफ गर्नुस बुबा
म हजुरकाे बाटाेमा हिड्न सकिन
मैले हजुरकाे संघर्ष चिन्न सकिन
हजुरकाे मेहनतकाे कदर गरिन
हजुरकाे त्याग
हजुरकाे बलिदानलाई सहजै कुल्चिएँ।

मलाई माफ गर्नुस दाजु।
म हजुरप्रती लाचार भएकाे छु।
हजुरकाे कदमलाई मैले साथ दिन सकिन
त्याे न्यानो स्पर्श
त्याे अँगालो अनि
म प्रतिकाे सद्भाव मैले बुझ्न सकिन्।

मलाई माफ गर्नुस दिदी
हजुरलाई साथ दिन सकिन
हजुरकाे सल्लाह मानिन
आफुले राम्रो गर्न जानिन
आज समयकाे कठघरमा छु दिदी।
हजुरकाे अभाव खट्किरहेकाे छ

माफी माग्दैछु
हजुरसँग
हजुरहरुसँग
आशा छ म माफीकाे याेग्य त छैन
तर मैले पक्कै माफी पाउने छु
अनि विश्वास छ कि म फेरि
हजुरसँग माफी माग्न आउने छैन
किनकी गल्ती गर्दा गर्दै थाकिसकें
अब गल्ती गर्ने छैन।
एकपटकलाई माफ दिनुहाेला।।

– सुजन कडेल
धादिङ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...