News Portal

बिरामी भएर कुवेतमा अलपत्र बर्दियाकी रेखा राेकाय नेपाल फर्किईन

हिमालीसंचार संवाददाता
५३३ पटक

कुवेत सिटी। कुवेतमा समस्यामा परेकी बर्दियाकी रेखा राेकाय हिजाे बेलुका स्वदेश फर्किएकी छिन्।

उनी कुवेत आएको महिनादिन पछि बिरामी परेकी थिईन। त्यति मात्र होईन उनको कामकाे समेत तालमेल नभएपछि कुवेतीको घरबाट भाग्न बाध्य भएको बुझिएको छ।

रेखाको काम गरेको घरबाट भागेपछि उनलाई खाने र बस्ने व्यवस्था बर्दियाकै पुस्पा चन्द(तान्बि)ले गरेकि थिईन।

रेखा बिरामी भएपछि उनलाई अस्पताल लगेर उपचार गराउने व्यवस्था गैरआवासीय संघ कुवेतले कुवेतले गर्यो। उनको उपचारमा गैरआवासीय नेपाली सङ्घ कुवेत र नेपाल पत्रकार महासङ्घ कुवेतका प्रतिनिधीको महत्वपूर्ण भूमिका रहेको छ। त्यस्तै रेखालाई नेपाल पठाउन नेपाली दुतावास कुवेतले पनि महत्वपूर्ण सहयाेग गरि नेपाल पठाएको हो।

रेखालाई नेपाल जानकाे लागि टिकटकाे व्यवस्था भने मानव बेचबिखन ब्युराेबाट उपलब्ध गराइएको थियो। नेपालबाट घरेलु कामदारको रुपमा कुवेत आउने घरेलु कामदारको समस्या भने, यो घटना पहिलो होइन। प्रमुख कारण भनेको नै हाम्रो देशको गरिबीले हो।

खाडी मुलुक पठाउन कसरी बाध्य पारिन्छन ?

नेपालको हरेक जिल्ला तथा दुर्गम गाउँमा पुगेर दलालहरुले ठूलाठूला सपना तथा राम्रो कमाइ हुने भनेर खाडी मुलुक पुग्न बाध्य बनाउँछन्।

यस्तो लोभ लालचा देखाउँछन् कि तपाईहरुलाई हामी काम गर्ने गन्तव्यसम्म फ्रीमा पठाउँछौ र एक रुपैयाँ पनि शुल्क लाग्दैन भनेर नेपाली चेलीबेटीहरुलाई ठुलाे आशा देखाएर खाडी मुलुक पुगाईने गरेका छन।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...