News Portal

बिरामी भएर कुवेतमा अलपत्र बर्दियाकी रेखा राेकाय नेपाल फर्किईन

हिमालीसंचार संवाददाता
४७९ पटक

कुवेत सिटी। कुवेतमा समस्यामा परेकी बर्दियाकी रेखा राेकाय हिजाे बेलुका स्वदेश फर्किएकी छिन्।

उनी कुवेत आएको महिनादिन पछि बिरामी परेकी थिईन। त्यति मात्र होईन उनको कामकाे समेत तालमेल नभएपछि कुवेतीको घरबाट भाग्न बाध्य भएको बुझिएको छ।

रेखाको काम गरेको घरबाट भागेपछि उनलाई खाने र बस्ने व्यवस्था बर्दियाकै पुस्पा चन्द(तान्बि)ले गरेकि थिईन।

रेखा बिरामी भएपछि उनलाई अस्पताल लगेर उपचार गराउने व्यवस्था गैरआवासीय संघ कुवेतले कुवेतले गर्यो। उनको उपचारमा गैरआवासीय नेपाली सङ्घ कुवेत र नेपाल पत्रकार महासङ्घ कुवेतका प्रतिनिधीको महत्वपूर्ण भूमिका रहेको छ। त्यस्तै रेखालाई नेपाल पठाउन नेपाली दुतावास कुवेतले पनि महत्वपूर्ण सहयाेग गरि नेपाल पठाएको हो।

रेखालाई नेपाल जानकाे लागि टिकटकाे व्यवस्था भने मानव बेचबिखन ब्युराेबाट उपलब्ध गराइएको थियो। नेपालबाट घरेलु कामदारको रुपमा कुवेत आउने घरेलु कामदारको समस्या भने, यो घटना पहिलो होइन। प्रमुख कारण भनेको नै हाम्रो देशको गरिबीले हो।

खाडी मुलुक पठाउन कसरी बाध्य पारिन्छन ?

नेपालको हरेक जिल्ला तथा दुर्गम गाउँमा पुगेर दलालहरुले ठूलाठूला सपना तथा राम्रो कमाइ हुने भनेर खाडी मुलुक पुग्न बाध्य बनाउँछन्।

यस्तो लोभ लालचा देखाउँछन् कि तपाईहरुलाई हामी काम गर्ने गन्तव्यसम्म फ्रीमा पठाउँछौ र एक रुपैयाँ पनि शुल्क लाग्दैन भनेर नेपाली चेलीबेटीहरुलाई ठुलाे आशा देखाएर खाडी मुलुक पुगाईने गरेका छन।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...