News Portal

कुवेतमा तीन किरातीद्वारा आयोजित उधौली साकेला कार्यक्रमको सम्पुर्ण तयारी पुरा

हिमालीसंचार संवाददाता
२६८ पटक

कुवेत – कुवेतका तिन किराती संस्था किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोक्खा कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइरहेको साकेला उधौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले परदेशी खबरलाई जानकारी दिएका छन्।

“भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुलेआगामि ९ डिसेम्बर शुक्रवारका दिन संयुक्तरुपमा आयोजना गरिएको किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तम्बे,येले थोचे ५०८२
कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ धुमधामले मनाउने गरि तयारिमा जुटेको अध्यक्ष राईले बताएका छन्।
उक्त कार्यक्रममा कुवेतमा कार्यरत किरातीहरुलाई आफ्नो भेषभुषामा सजिएर आफ्नो मौलिक नृत्यमा सहभागिता जनाई चाड मनाउन र गैर किराती दिदीबहिनी तथा दाजुभाइहरु लगाएत मिडियाकर्मीहरु, संघ संस्थाहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, कलाकारहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी,  पत्राचार गरिसकेको र कहीं कतै भुल भई छुट्न गएको खण्डमा यहि समाचारलाई आधार मानी गरिमामय उपस्थितिको लागि किराया कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले सम्पूर्णलाई आग्रह गरेका छन् ।

कार्यक्रमको विवरण
मिति: ९- डिसेम्बर २०२२
समय: बिहान- १२ बजे
स्थान: कोहिनुर इन्टरनेस्नल होटेल फाहाहि

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...