News Portal

कुवेतमा तीन किरातीद्वारा आयोजित उधौली साकेला कार्यक्रमको सम्पुर्ण तयारी पुरा

हिमालीसंचार संवाददाता
२१२ पटक

कुवेत – कुवेतका तिन किराती संस्था किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोक्खा कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइरहेको साकेला उधौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले परदेशी खबरलाई जानकारी दिएका छन्।

“भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुलेआगामि ९ डिसेम्बर शुक्रवारका दिन संयुक्तरुपमा आयोजना गरिएको किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तम्बे,येले थोचे ५०८२
कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ धुमधामले मनाउने गरि तयारिमा जुटेको अध्यक्ष राईले बताएका छन्।
उक्त कार्यक्रममा कुवेतमा कार्यरत किरातीहरुलाई आफ्नो भेषभुषामा सजिएर आफ्नो मौलिक नृत्यमा सहभागिता जनाई चाड मनाउन र गैर किराती दिदीबहिनी तथा दाजुभाइहरु लगाएत मिडियाकर्मीहरु, संघ संस्थाहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, कलाकारहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी,  पत्राचार गरिसकेको र कहीं कतै भुल भई छुट्न गएको खण्डमा यहि समाचारलाई आधार मानी गरिमामय उपस्थितिको लागि किराया कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले सम्पूर्णलाई आग्रह गरेका छन् ।

कार्यक्रमको विवरण
मिति: ९- डिसेम्बर २०२२
समय: बिहान- १२ बजे
स्थान: कोहिनुर इन्टरनेस्नल होटेल फाहाहि

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...