News Portal

भारतको पञ्जाबमा ठूलो रेल दुर्घटना, कम्तिमा ५० को मृत्यु

६८३ पटक

भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् ।

अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो ।

स्थानीय पत्रकार रविंदर सिंहलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको थियो ।

त्यही वेला पछाडिबाट अाएको रेलले मानिसहरूको भिडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो । अमृतसर प्रहरीका कमिस्नर सुधांश शेखरले कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन् ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीवेर अघि ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनालार्इ ह्रदयविदारक भनेका छन् ।

उनले लेखेको ट्वीटमा भनिएको छ, ‘घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदन व्यक्त गर्दछु । र, घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।’

उनले तत्काल अावश्यक सहयोगका लागि अधिकारीहरूलार्इ निर्देशन दिइएको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...