News Portal

अदालतमा बिचाराधिन केन्द्रिय समितिको बिबाद, एनआरएनए कुवेतको यस्तो छ सम्झौता पत्र

कमल सिंह
४५३ पटक

कुवेत सिटी। रण ध्वोज लामा नेतृत्वको एनआरएनए एनसीसी कुवेतले गत नोभेम्बर १४ तारिखमा कुवेतस्थित नेपाली दूतावास, कुवेतका क्रियाशील संस्था, नेपाल पत्रकार महासंघ कुवेत शाखा लगायतलाई समेत सम्बोधन गरेर एक प्रेस विज्ञप्ति जारी गर्यो।

उक्त बिज्ञप्तिमा भनिएको थियो की, लामो समयदेखि कुवेतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली श्रमिकहरुको हकहितमा काम गर्दै आएको, “नेपालीका लागी नेपाली” भन्ने मूल नाराका साथ सिङ्गो नेपाल र नेपालीहरुको लागी गैरआवासीय नेपाली संघ समर्पित रहेको इतिहास साक्षी छ, विगत केही दिनयता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुबेतको नाममा केही अवान्छित गतिविधि संचालन हुनआएको सूचना प्राप्त भएकोले सो गतिविधिसंग आफ्नो गौरवमय संस्थाको कुनै सरोकार सम्बन्ध नहरेको बताएपनि कुवेतको फर्वानिया पार्कमा हिजो १८ नोभेम्बर शुक्रबारका दिन केन्द्रमा बिनोद कुवर नेतृत्वको एनआरएनएले कुवेतको संयोजक तोकेका युवक राई र अध्यक्ष रण ध्वोज लामाले दुई केन्द्रिय समितिको बिबाद अदालतमा बिचाराधिन रहेको भन्दै एक सम्झौता पत्रमा हस्ताक्षर गरि पुरानै समितिलाई निरन्तरता दिने संदेश दिए।

बिनोद कुवर नेतृत्वको एनआरएनएका केन्द्रिय उपाध्यक्ष उमेश पुडासैनीले युवक राईलाई एनआरएनए कुवेतको संयोजक तोकिएको बताए। तर हालसालै नयाँ सम्झौताबारे आफुलाई कुनै जानकारी नभएको बताए।

तर युवक राईले आफू नेतृत्वको एनआरएनए एनसीसी कुवेत गठन भैइसकेको बताएपनि सार्वजनिक गर्ने प्रक्रियामै रहेको हिमालीसंचारसंगको कुराकानीमा बताएका छन। कुवेतमा रहेका नेपालीहरुको भावनाको कदर गर्दै भाईचाराको सदभाव कायम राख्नको लागि आफू र आफ्नो टीमको निर्णय रहेको बताए।

यस्तो छ सम्झौता पत्र:


कुवेतमा युवक राईको नेतृत्वमा एनआरएनएको तदर्थ समिति गठन 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...