News Portal

  • अदालतमा बिचाराधिन केन्द्रिय समितिको बिबाद, एनआरएनए कुवेतको यस्तो छ सम्झौता पत्र

    कमल सिंह
    ३८५ पटक

    कुवेत सिटी। रण ध्वोज लामा नेतृत्वको एनआरएनए एनसीसी कुवेतले गत नोभेम्बर १४ तारिखमा कुवेतस्थित नेपाली दूतावास, कुवेतका क्रियाशील संस्था, नेपाल पत्रकार महासंघ कुवेत शाखा लगायतलाई समेत सम्बोधन गरेर एक प्रेस विज्ञप्ति जारी गर्यो।

    उक्त बिज्ञप्तिमा भनिएको थियो की, लामो समयदेखि कुवेतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली श्रमिकहरुको हकहितमा काम गर्दै आएको, “नेपालीका लागी नेपाली” भन्ने मूल नाराका साथ सिङ्गो नेपाल र नेपालीहरुको लागी गैरआवासीय नेपाली संघ समर्पित रहेको इतिहास साक्षी छ, विगत केही दिनयता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुबेतको नाममा केही अवान्छित गतिविधि संचालन हुनआएको सूचना प्राप्त भएकोले सो गतिविधिसंग आफ्नो गौरवमय संस्थाको कुनै सरोकार सम्बन्ध नहरेको बताएपनि कुवेतको फर्वानिया पार्कमा हिजो १८ नोभेम्बर शुक्रबारका दिन केन्द्रमा बिनोद कुवर नेतृत्वको एनआरएनएले कुवेतको संयोजक तोकेका युवक राई र अध्यक्ष रण ध्वोज लामाले दुई केन्द्रिय समितिको बिबाद अदालतमा बिचाराधिन रहेको भन्दै एक सम्झौता पत्रमा हस्ताक्षर गरि पुरानै समितिलाई निरन्तरता दिने संदेश दिए।

    बिनोद कुवर नेतृत्वको एनआरएनएका केन्द्रिय उपाध्यक्ष उमेश पुडासैनीले युवक राईलाई एनआरएनए कुवेतको संयोजक तोकिएको बताए। तर हालसालै नयाँ सम्झौताबारे आफुलाई कुनै जानकारी नभएको बताए।

    तर युवक राईले आफू नेतृत्वको एनआरएनए एनसीसी कुवेत गठन भैइसकेको बताएपनि सार्वजनिक गर्ने प्रक्रियामै रहेको हिमालीसंचारसंगको कुराकानीमा बताएका छन। कुवेतमा रहेका नेपालीहरुको भावनाको कदर गर्दै भाईचाराको सदभाव कायम राख्नको लागि आफू र आफ्नो टीमको निर्णय रहेको बताए।

    यस्तो छ सम्झौता पत्र:


    कुवेतमा युवक राईको नेतृत्वमा एनआरएनएको तदर्थ समिति गठन 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...