News Portal

आज मध्यरातदेखि नेपाल-भारत र चीनसंगको सबै सीमानाकाहरु बन्द गर्ने सरकारको निर्णय

हिमालीसंचार संवाददाता
२६५ पटक

काठमाडौं –  आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि निर्धारण गरिएको आमनिर्वाचनका लागि आज बिहीबार मध्यरातदेखि छिमेकी मुलुकहरु भारत र चीनसंगको अन्तर्राष्ट्रिय सीमानाकाहरु बन्द गर्ने  सरकारले निर्णय गरेको छ।

आज मध्यरातदेखि मतदान सम्पन्न नभएसम्म दुबै छिमेकी राष्ट्रसंग जोडिएका सिमानाकाहरु बन्द गर्न सरकारले समन्वय गरेको हो। छिमेकी राष्ट्रका नाकाहरुमा अत्यावश्यक अबस्थाबाहेक आवतजावतमा पूर्ण बन्द रहने जनाइएको छ। नेपाल-भारतका खुल्ला सिमान र चीनसंगको निश्चित नाकाहरु चुनाव अवधिभर सबै नाकाहरु बन्द रहने गृह मन्त्रालयले जनाएको छ। 

आगामी मंसिर ४ गतेको निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दुबै छिमेकी राष्ट्रसंगका सबै नाकाहरु बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी सम्बन्धित सबैमा जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...