News Portal

आज मध्यरातदेखि नेपाल-भारत र चीनसंगको सबै सीमानाकाहरु बन्द गर्ने सरकारको निर्णय

हिमालीसंचार संवाददाता
२२६ पटक

काठमाडौं –  आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि निर्धारण गरिएको आमनिर्वाचनका लागि आज बिहीबार मध्यरातदेखि छिमेकी मुलुकहरु भारत र चीनसंगको अन्तर्राष्ट्रिय सीमानाकाहरु बन्द गर्ने  सरकारले निर्णय गरेको छ।

आज मध्यरातदेखि मतदान सम्पन्न नभएसम्म दुबै छिमेकी राष्ट्रसंग जोडिएका सिमानाकाहरु बन्द गर्न सरकारले समन्वय गरेको हो। छिमेकी राष्ट्रका नाकाहरुमा अत्यावश्यक अबस्थाबाहेक आवतजावतमा पूर्ण बन्द रहने जनाइएको छ। नेपाल-भारतका खुल्ला सिमान र चीनसंगको निश्चित नाकाहरु चुनाव अवधिभर सबै नाकाहरु बन्द रहने गृह मन्त्रालयले जनाएको छ। 

आगामी मंसिर ४ गतेको निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दुबै छिमेकी राष्ट्रसंगका सबै नाकाहरु बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी सम्बन्धित सबैमा जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...