News Portal

नेपथ्यको दुबईमा कन्सर्ट

हिमालीसंचार संवाददाता
३४८ पटक

युएई। लोकप्रिय सांगीतिक समूह नेपथ्य ब्यान्डको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्सअन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र दुबईस्थित अल नासेर लिजरल्यान्ड नेपथ्य आइतबार तेस्रोपटक प्रस्तुत भएको हो।

नेपथ्यले यसपटक अघिल्ला कन्सर्टभन्दा बेग्लै दर्शकलाई उफार्ने हो रामा रामाबाट कन्सर्टको आरम्भ गरेको थियो। प्रारम्भबाटै तीव्रता बोकेको सांगीतिक माहोलका कारण अरूबेला आइस हकी खेलिने कार्पेटले ढाकिएको बरफ मैदान सुरुदेखि तातिन पुग्यो।

कन्सर्टमा दर्शक श्रोताले टेकेको भुइँमुनि जमेको बरफ तापक्रम र खुद्माका चापले टुत्रिदै गरिरहेको मैदानमा फेरि माथिबाट हिउ परेकै भान पार्नेगरि कृत्रिम हिउँको वर्षा भइरहेको थियो।

त्यस माहोलमा नेपथ्यको दोश्रो गीत थियो भेंडाको ऊनजस्तो। तेश्रो गीत छेक्यो छेक्योसम्म घन्किँदा मैदानभरि जताततै नृत्य गर्ने मात्र होइन, साथीबाट बोकिएर नाच्न खोज्नेको दृश्य पनि देखिन सुरु भइसकेको थियो।

चौथो गीत लामपाते सुरती गाउने बेलासम्म पनि हलमा दर्शक आउने क्रम जारी रहेको र यसरी प्रवेश गर्दै गरेका दर्शक गेटैदेखि समूहमा नाच्दै भित्रिएको दृश्य रोचक देखिएको नेपथ्यले जनाएको छ।

चरी म-यो, यो जिन्दगानी र भर्खरैको शिरफूल शिरैमाजस्ता गीत घन्किएको कन्सर्टमा घरपरिवार छाडेर खाडीको तातो मरुभूमिमा कमाउन पुगेकाको चित्र अंकित भिडियो पृष्ठभूमिमा देखाउँदै ब्यान्डले प्रस्तुत गर्यो मै मरी जाउला, जीवन छोटो छ। लगत्तै फेरि घन्क्यिो आमाको कोखमा बास मात्रै पाए नि, कुन देशको मरन हौ हजुर।

घरि मायाल’ त घरि आमाको सम्झना गराउने आफूहरूको परिस्थितिलाई टपक्क टिपेर तयार पारिएका यस्ता गीत घन्किँदा अरबको हलमा उपस्थित नेपाली आँखा सलबलाउनको पुगेको नेपथ्यले जनाएको छ। गायक अमृत गुरुङले कन्सर्टलाई अघि बढाउने क्रममा उही लाहुरे परम्परालाई सम्झाउने गरी भर्खर सार्वजनिक अर्को गीत गाए।

नैना ताल नैना ताल
घुमि आयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल
नैना ताल।

गीत संगीतसँगै दर्शकमा जागेको नृत्यको तीव्र लयलाई समात्दै ब्यान्डले मै नाचे छमछमी, तालको पानी र रेशम गाउञ्जेल जे-जस्ता दृश्य देखिए, त्यसले नेपथ्य कन्सर्ट उत्तेजक बनाउनुमा प्रस्तोता मात्रै होइन, दर्शकको पनि उत्तिकै भूमिका रहन्छ भन्ने पुष्टि गरिरहेको देखिन्थ्यो।

अन्तिममा रातो र चन्द्र सूर्य प्रस्तुत गरिरहँदा हलभरि जताततै साथीको काँधमाथि चढेर राष्ट्रिय झण्डा हल्लाउनेले चरमोत्कर्षको अनुभूति गराएको नेपथ्यले उल्लेख गरेको छ। व्यवस्थापन, प्राविधिकलगायत १४ जनाको टोलीका साथ दुबई पुगेको टिम नेपथ्यमध्ये गायक अमृतलाई मञ्चमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...