News Portal

नेपाल पत्रकार महासंघ जापानको पाचौँ अधिवेशन सम्पन्न, शान्त पहरी अध्यक्ष चयन

हिमालीसंचार संवाददाता
२८२ पटक

जापान – टोकियोमा सम्पन्न अधिवेशन शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रविन्द्र श्रेष्ठ र महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भएकी छन् भने सचिवमा राजन गौतम निर्विरोध चयन भएका छन्।

त्यस्तै खुल्ला सहसचिवमा विश्वास आचार्य, समावेशी सहसचिवमा सजिना मोक्तान चयन भएकी छन् भने, कोषाध्यक्षमा अर्जुन लामिछाने निर्विरोध चयन भएका छन्।

सदस्यहरुमा लक्ष्मि पौडेल,कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुङ्(प्रमेश), फुर्वा शेर्पा चयन भएका छन्। त्यस्तै केन्द्रीय परिषद् सदस्यमा मनिषा चम्लागाईँ र राजविन थापा चयन भएका छन्।

अधिवेशनको उद्घाटन पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले गरेका थिए भने, खुल्ला सत्रको प्रमुख आतिथ्यता जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले गरेका थिए। जापानको विभिन्न स्थानमा पत्रकार महासंघका ६६ जना साधारण सदस्य रहेका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...