News Portal

रगत र अबिरका बलिहरु (कविता)

हिमाली संचार संवाददाता
७३९ पटक

~ श्रीराम बस्याल ‘स्वरुप’

नचढाउ ती पत्थर हरुमा रगत र अबिरका बलिहरु,
परिवर्तनका लागि चढ्न तयार छन यी ज्यान शुलिहरु,
तर बोल्न रोकिने छैनन अबिश्वासका खेतिहरुमा,
कुन चाहिँ हावामा उड्न सक्यो तिम्रो ईश्वर पुज्नेहरुमा।

ऊ केवल पत्थर ढुंगा पुजिरह्यो,
मन भित्र पाप पालेर मन्त्र जपिरह्यो,
न नखाएर  बाच्यो, न कसैलाई बचायो,
असहाय र अन्यायमा न कहिले आवाज उठायो।

तिम्रो रुढीबादी राज्यसत्ताको ढोंग
सिंहदरबार देखि गाउँ सहरसम्म चलिरहेछ,
र त्यहि सत्ता बचाउन संसदवादीहरु
भ्रम र लुटको खेति चलाईरहेछ
उता रातो झण्डा बोक्नेहरुको
विद्रोहको आवाज गुञ्जिरहेछ।

हो त्यहि आवाज गुन्जाउँदै म हुर्किरहेछु पुँजीपतिहरुको ओडारभित्र अन्तिम वर्गीय मुक्ति आन्दोलनमा सामेल हुने लक्ष्य सहित
जहाँ दशैँ; दशा होइन सद्भाव, सदाचार र भाईचारा उन्मुख हुनेछ
जसमा ढुंगा होइन तिम्रा सहि बिचारहरु पुजिनेछन।।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...