आज : २०२६-०७-०५, आइतबार

कुवेतकाे सालमियामा श्रम कानून उल्लङ्घन गर्ने १२७ विदेशी पक्राउ

कुवेत सिटी – गृह मन्त्रालयको सहयोगमा जनशक्ति सार्वजनिक प्राधिकरणले शुक्रबार बिहान सल्मी क्षेत्रमा अनुगमन अभियान सञ्चालन गरी श्रम कानून उल्लंघन गर्ने १२७ जना कामदारलाई पक्राउ गरी उलंघन गर्नेलाई आवश्यक कारबाही गरेको टोलीले जनाएको छ।

धारा १८ भिसामा ९३ कामदार, धारा २० भिसामा १९ कामदार र १५ अपरिचित र फरार कामदार पक्राउ परेका छन्। जनशक्ति सार्वजनिक प्राधिकरणले रोजगारदाता र श्रमिकलाई श्रम कानूनको पालना गर्न र उल्लंघन नगर्न आग्रह गरेको छ।