रुकुम जादै गरेको बस त्रिशुलीमा खस्यो

धादिङ। बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ। काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो।
बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए।
घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ।

















