News Portal

माल्टामा इलाम कन्यामकी बिनिता ढुंगेलको निधन

हिमालीसंचार संवाददाता
१०४५ पटक

माल्टा। डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ४ बजे निधन भएको हो।

माल्टा पुगेको भोलिपल्टै बिनिताको स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गर्दा डेंगुको संक्रमण पुष्टि भएको थियो। उनको माल्टाको सरकारी अस्पतालमा उपचार भइरहेको थियो। अध्यक्ष अर्यालका अनुसार बिनिताको बिमा नभएकोले अस्पतालमा ३० हजार युरो बिल उठेको छ।

बिनिताले कम्पनिमा काम पनि सुरु गरिनसकेको अवस्थामा रोजगारदाताले उपचार खर्च तिर्छ/तिर्दैन यकिन भइसकेको छैन। यद्यपि कम्पनी व्यवस्थापनले उनको निधनप्रति दुः ख व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्यालको भनाइ छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...