News Portal

बालिका जैनबका बलात्कारीलाई फाँसी, डिएनएबाट दोषी प्रमाणित

हिमाली संचार संवाददाता
६३१ पटक

पाकिस्तान : विश्वलाई स्तब्ध बनाएको पाकिस्तानकी जैनब बलात्कार काण्डमा अन्ततः दोषीले सजाय पाएका छन्। सात वर्षकी  बालिका जैनबलाई बलात्कारपछि हत्या गरेको घटनामा दोषी २४ वर्षीय इमरान अलीलाई फाँसी दिइएको हो। यो मामिलालाई पाकिस्तानले केबल ९ महिनामा कडा कारबाहीसहित टुंगो लगाएको हो।

अलीलाई लाहौरको कोट लखपत जेलमा बुधबार बिहान साढे ५ बजे फाँसीमा झुन्डाइयो।

फाँसी दिने समय मजिस्ट्रेट आदिल सरवारसहित जैनबका पिता पनि उपस्थित थिए। अलीका परिवारका केही सदस्यलाई पनि त्यो अपराधका लागि अलीलाई फाँसी दिएको दृश्य हेर्न बोलाइएको थियो।

फाँसीअघि अलीलाई उनको परिवारका सदस्यसँग भेट्न ४५ मिनेट समय दिइएको थियो।  समाचार अनुसार अलीलाई यही वर्ष जनवरी २३ मा पक्राउ गरिएको थियो।

के थियो घटना ?

अलीले अहिलेसम्म एक मात्रै होइन, नौजना बालिकालाई बलात्कारको शिकार बनाएको स्वीकार गरेका थिए।

यीमध्ये सात वर्षीया जैनब पनि थिइन्। उनको शव १ जनवरीमा एक घर नजिकै भेटिएको थियो। अलीले ती बालिकालाई उनको घर नजिकैबाट अपहरण गरेका थिए। त्यसपछि उनले जैनबलाई बलात्कार गरेर घाँटी थिची हत्या गरेका थिए।

जैनबको यो मामिला सार्वजनिक भएपछि विश्वस्तरमै आक्रोश पोखिएको थियो। डीएनए रिपोर्टबाट जैनबको बलात्कारमा अली संलग्न भएको पत्ता लागेको थियो। एजेन्सी

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...