News Portal

भारतीय विदेश राज्यमन्त्री अकबरद्वारा राजीनामा

हिमाली संचार संवाददाता
५४२ पटक

भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा दिएका छन् ।उनीमाथि १५ भन्दा बढी महिलाले #MeToo अभियानमार्फत यौन उत्पीडनको आरोप लगाएका छन् । राज्यमन्त्री अकबरले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले अदालतबाट न्याय लिन निर्णय लिएको छु । यसैले आफ्नो पद छोड्दैछु ।’

पत्रकारिता करियरका क्रममा प्रभावशाली सम्पादकमध्ये एक रहेको उनीमाथि सबैभन्दा पहिला वरिष्ठ पत्रकार प्रिया रमानीले ‘मीटू’ लगाएकी थिइन् । कार्यालयमा भएको यौन उत्पीडनबारे आफ्नो पुरानो लेख रिटि्वट गर्दै उनले त्यो लेख एमजे अकबरबारे भएको बताएकी हुन् ।

त्यसपछि थुप्रै  महिलाले आरोप लगाएका छन् । यसलाई लिएर प्रमुख विपक्षी कांग्रेसले राज्यमन्त्री अकबरको राजीनामा मागेको थियो ।

तर, अफ्रिका भ्रमणबाट आइतबार स्वदेश फर्किएका अकबर आफूमाथि लागेको रोप झुटा र बनावटी भएको दाबी गरे ।उनले आफूविरुद्ध झुटा अभियोग लगाउनेहरुविरुद्ध कानुनी लडाइँ लड्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...