News Portal

एनआरएनए कुवेतको आयोजनमा २६ अक्टोबरमा देउसी-भैलो कार्यक्रम हुने

हिमालीसंचार संवाददाता
३९२ पटक

कुवेत – नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनमा देउसी-भैलो कार्यक्रम हुने भएको छ ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आगामी २६ अक्टोबर २०२२ का दिन कुवेतको मङ्गाफस्थित मेमोरिस हलमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । कुवेतमा कृयाशील विभिन्न नेपाली संघ-संस्थाहरुद्वारा सामुहिक देउसी-भैलो साथै स्थानीय नेपाली कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति हुने एनआरएनए कुवेतले जानकारी दिएको छ ।

प्रवासमा पनि नेपाली रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जगेर्ना गर्नुको साथै मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने उदेश्यले देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । उक्त मितिमा कुनै पनि कार्यक्रम नजुधाइ दिन पनि सम्बन्धित सबैमा आयोजकले अनुरोध गरेको छ ।

कुवेतमा कृयाशिल विभिन्न संघ – सस्था, समाजसेवी, बुद्दीजिवी, भद्रभलादमी, व्यवसायी, पत्रकार, कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त दिनको कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रम

कार्यक्रम: “देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम”

मिति: २६-अक्टोबर, २०२२(बुधबार)

समय: अपरान्ह ४ बजे देखि १२ बजे सम्म

स्थान: मेमोरी हल, मङ्गाफ ब्लक-४, स्टृट-२४

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...