News Portal

मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबरमा फुटबल प्रतियोगितामा हुने

हिमालीसंचार संवाददाता
४०२ पटक

कुवेत– फाहहिलको सुकसवा खेलमैदानमा अल्मुल्ला एक्सचेन्ज नकआउट फुटबल प्रतियोगिता-२०२२ हुने भएको छ। मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबर २०२२ शुेक्रबार बिहानको ८ बजे देखि फाहहिलको सुकसवा खेलमैदानमा हुने फुटबल प्रतियोगितामा कुवेतमा रहेका खेलाडी र खेल प्रेमीहरुको चाहनालाई मध्यनजर गर्दै एक आपसमा भाइचारा अभिवृद्धी गर्ने उधेश्यले मंगाफ फुटबल क्लब कुवेतले अन्तर नेपाली अल्मुल्ला एक्सचेन्ज नक आउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिका खेल संयोजक नवराज पराजुलीले जानकारी दिए।

प्रतियोगितामा प्रथम र दोस्रो हुने फुटबल टिमललाई ट्रफी, मेडल, प्रमाणपत्रका साथ नगद पुरस्कार प्रदान गरिने त्यसैगरी बिधागत रुपमा बेष्ट गोल रक्षक, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर, बेष्ट फर्वाड, हाइ स्कोररलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने टिम दर्ताको लागि ३५ केडी. सुल्क सहित बिहिबार २० अक्टोबर २०२२ साझको ६:०० बजे सम्मको समय तोकिएको आयोजक समितिको संयोजक नवराज पराजुलीले बताए।फुटबल खेलको प्रायोजक अल मुल्ला एक्सचेन्ज कुवेतले गरेकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...