News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मेयर हर्क साम्पाङको अभियानमा संकलित रकमको सम्पूर्ण विवरण सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २७७ पटक

    धरान – धरानमा संचालन भइरहेका श्रमदान अभियानमा विश्वभरबाट नेपाली समुदायहरुले धरानका खानेपानी व्याबस्थापनका लागि आर्थिक सहयोग गर्नुहुने दाताहरुबाट संकलित रकमको अहिलेसम्मको सम्पूर्ण आर्थिक विवरण धरान-१४ स्थित भालुखोला दोभानमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

    धरानका मेयर हर्क साम्पाङको अभियानमा धरानको खानेपानी व्यावस्थापनका लागि विश्वभरबाट नेपाली समुदायहरुबाट आर्थिक सहयोग संकलन भइरहेको छ। हाल मेयर साम्पाङले तेस्रो परियोजना अन्तरगत धरान -१४ को भालुखोला मुहानबाट धरान -१५ का लागि खानेपानीको तेस्रो परियोजना धमाधम श्रमदान मार्फत नै संचालन गरिरहेका छन्। उक्त स्थानबाट हालसम्मको आर्थिक विवरण सचेत धराने समुहका सचिव तथा प्रबक्ता राम लिम्बु र स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष दिनेश राईद्वारा श्रमदानस्थल भालुखोला दोभानबाट संयुक्त रुपमा जानकारी दिए । 

    असोज २८ गतेसम्मको पुरानो मौजात रकम २८ लाख ४७ हजार ३ सय ९८ रुपैया रहेको थियो भने २६ गतेबाट अहिलेसम्मको १ लाख ६६ हजार संकलन भएको जानकारी समेत धराने समुहका प्रबक्ता लिम्बुले जानकारी दिए । त्यस्तै, हालसम्म कुल मौजात ३० लाख १३ हजार ३ सय ९८ रुपैया रहेको प्रबक्ता लिम्बुले जानकारी दिए। 

    त्यस्तै,  पाइप, सिमेन्ट, रड र खाजा पानी लगायतमा ११ लाख ४७ हजार ६ सय ७८ रुपैया खर्च भएको छ।  कुल मौजात ३० लाख १३ हजार ३ सय ९८ रुपैयाबाट खर्च कटौती गरी हालसम्म  कुल बाकी मौजात १८ लाख ६५ हजार ७ सय २० रुपैया रहेको समेत सचेत धराने समुहका प्रबक्ता राम लिम्बुले जानकारी गराए। 

    त्यस्तै, श्रमदान अभियानको शुरुवाती चरणदेखि अहिलेसम्मका सम्पूर्ण खर्चका विवरणका विलहरु सुरक्षित रहेको बताएका उपाध्यक्ष राईले श्रमदान अभियानमा खाजापानी लगायतमा जिन्सी, खाधबस्तु सहयोग गर्नु हुने महानुभावहरुको समेत सम्पूर्ण विवरण अभिलेख गरिएको कारण सुरक्षित रहेको जानाकारी दिए।

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने पक्षले आफैंले सारेको मुद्दा ‘थाहा पाइनँ’ भन्दै इजलासमै विवाद

    पोखरा, जेठ २ – सुर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत पोखरामा शुक्रबारको सुनुवाइका क्रममा पूर्वगृहमन्त्री...

    चितवनको किसान टोलमा पारिवारिक शोक: डिप्रेसनको उपचारमा रहेका पूर्वसैनिक लिलाराज गिरीले गरे छोरी र भतिजाको हत्या, आफैंमाथि प्रहार

    चितवन, जेठ २ – भरतपुर महानगरपालिका–२५, किसान टोलमा बिहीबार बिहान एक अत्यन्तै मार्मिक र शोकपूर्ण...

    बिराट आँखा द्वारा एक दिने शिविर सम्पन्न

    मोरङ, जेठ २ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा बिहीबार एक कार्यक्रम आयोजना गरी एक...

    चितवनमा पारिवारिक बिबादको शंकास्पद घटनाः खुर्पा प्रहारबाट दुई बालबालिकाको हत्या, एक गम्भीर

    चितवन, जेठ २ – भरतपुर महानगरपालिका–२५, शुक्रनगरमा आज बिहान एक हृदयविदारक घटना घटेको छ। लिलाराज...

    राजद्रोहको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र सर्वोच्चमा उपस्थित, आज बयान लिने तयारी

    काठमाडौं, जेठ २ – राजावादी आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...