News Portal

सुमन कडरियाको “गजल”

हिमालीसंचार संवाददाता
३७१ पटक

समस्याले गाँज्यो जीवन सुर्ता अघोर लाग्दै छ
जति बुझ्यो जिन्दगानी उति कठोर लाग्दै छ

थुप्रिंदो छ अभिभारा टाउकामा जिन्दगीको
काटिएन ग्रह~दशा र त कमजोर लाग्दै छ

अश्रुपुरित नयनहरु परिभाषित छन् आफैमा
बगेका यी अश्रु ढिक्का नदी तमोर लाग्दै छ

निमोठियो हार्दिकता हरायो आफ्नोपना
संवेदना हराएको समाज फोहोर लाग्दै छ

गरिबहरु जानीजानी अस्मिता बेच्छन् यहाँ
जिन्दगी रछ्यान अनि गन्धा खोर लाग्दै छ

सुमन कडरिया
चितवन

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...