News Portal

  • मेयर साम्पाङलाई शिवझट्टा जान अवरोध, उपभोक्ताहरुबीच भयो यस्तो सहमति (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३६९ पटक

    धरान – धरानका मेयर हर्क साम्पाङलाई आज धरान वडा नं. ४ स्थित शिवझट्टा जानबाट स्थानीय उपभोक्ताहरुले धरान १३ स्थित पेट्टोल पम्म (बेस क्याम्प) परिसरमा अवरोध गरेका छन्।

    मेयर साम्पाङले आज १२ बजे बेसक्याम्प स्थित धरान-१३ मा भेला भएर धरान -४ शिवझट्टाको मुहानबाट धरान-१५ का लागि जनश्रमदान मार्फत खानेपानी ल्याउने अभियानको शुरुवात गर्न लागेका थिए। धरान वडा नं. ४, १३ र १४ का स्थानीय उपभोक्ता समितिका सदस्यहरुले धरान -१३ स्थित बेसक्याम्प पेट्रोल पम्प छेउमा अवरोध गरे। शिवझट्टा कालिमाटी परिसरको मुहानबाट खानेपानी अन्यत्र लैजादा स्थानीयहरुलाई खानेपानीको अभाव हुने भन्दै उपभोत्ता समितिका सदस्यहरुले विरोध गरेका थिए। 

    स्थानीय र उपभोक्ता समितिका सदस्यहरुको अवरोधपछि वडा नं. ४ का वडाध्यक्ष धनकुमार राई सहित उपोभोक्ता समितिका सदस्यहरुलाई मेयर साम्पाङले आफ्नो कार्यकक्षमा छलफलका लागि आउन आग्रह गरेपछि भालु खोलाको मुहानबाट धरान -१५ का लागि खानेपानी लाने सहमति गरिएको छ।

    आज भएको सहमति अनुसार धरान वडा नं. ४ स्थित भालु खोलाको मुहानबाट धरान १५ का लागि खानेपानी लैजाने सहमति भएको हो। स्थानीय उपभोक्ता सदस्यहरु समेत उक्त श्रमदान कार्यक्रममा जुट्ने सहमति गरिएको वडा नं. ४ का वडाध्यक्ष धनकुमार राईले बताए । त्यस्तै खानेपानीका लागि लैजादै गरिएका आवश्यक दुई ट्याक्टर सामाग्रीहरु धरान १३ स्थित पेट्रोल पम्प पिरसरमा राखिएको छ।

    भिडियो यहा हेर्नुस्

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...

    गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

    काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी...