News Portal

रोजगारीका लागि विदेशिने नेपाली नागरिकको संख्या दोब्बर

हिमालीसंचार संवाददाता
२६७ पटक

काठमाडौं – श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको चाप खुकुलो हुँदै गर्दा नेपालबाट श्रमका लागि विदेशिने नेपालीको संख्या पनि उल्लेख्य बढ्न थालेको छ । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सो अवधिको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत साउन र भदौमा एक लाख ३९ हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन । २०७८ साउन र भदौमा ६१ हजार ४६८ जनाले मात्र श्रम स्वीकृति लिएका थिए । यसअनुसार यो साउन र भदौमा ७७ हजार ५३२ जनाले बढी हुन्छ ।                                         

विभागका अनुसार गत भदौमा मात्रै ७६ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् भने २०७८ भदौमा जम्मा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएका थिए । गत साउनमा ६३ हजार ५९७ जनाले श्रम स्वीकृति लिएकामा अघिल्लो साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिएका थिए ।  

यो वर्षको साउन महिनामा भन्दा भदौमा वैदेशिक रोजगारीमा जानका लागि १३ हजार ३६४ जना बढीले श्रम स्वीकृति लिएका छन् । विभागका महानिर्देशक उमाकान्त आचार्यले श्रम गन्तव्य देश र श्रमिक पठाउने देशमा कोरोनाको प्रभाव कम भएकाले वैदेशिक रोजगारी कोरोना सामान्य हुनेबित्तिकै गन्तव्य देशमा माग बढेकाले श्रम स्वीकृति लिनेको संख्या पनि बढेको बताए । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।  

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...