News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • भारतले पनी बनायो लडाकु हेलिकप्टर!

    हिमालीसंचार संवाददाता
    २४३ पटक

    काठमाडौं – भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ। उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गरेका छन्।

    भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रचण्ड हेलिकोप्टरले स्थल र वायु सेना दुबैको आवश्यकता पूर्ति गर्ने बताएका छन् । उक्त हेलिकोप्टरको भिडियो ट्वीटरमा सेयर गर्दै रक्षामन्त्री सिंहले लेखेका छन्– ‘नाम हो प्रचण्ड ।’

    भारतले निर्माण गरेको दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) को नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् ।

    भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

    मोरङ। ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्वको अभियान रंगेलीमा सम्पन्न...

    कतार एयरवेजले रोक्यो भैरहवा उडान

    काठमाडौं। कतार एयरवेजले भैरहवाबाट हुने उडानहरू स्थगित गरेको छ। कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा...

    कांग्रेस-एमालेलाई जनताले उपनिर्वाचनमार्फत जवाफ दिए – वर्षमान पुन

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले उपनिर्वाचनमार्फत जनताले कांग्रेस–एमालेलाई जवाफ दिएको टिप्पणी...

    दक्षिण कोरियामा सैन्य कानुन लागु

    कोरिया। दक्षिण कोरियामा सैन्य कानुन लागु भएको घोषणा गरिएको छ। राष्ट्रपति युन सुक येओलले टेलिभिजनमार्फत...

    कुख्यात भ्रष्टाचारीको नाम सार्वजनिक गर्दै प्रभु साह

    काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले कुख्यात भ्रष्टाचारीहरुको नामावली संकलन एवं सार्वजनिक गर्ने...